१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानी पुनः काठमाडौँ पठाउन सुरु



अ+ अ-

काठमाडौँ । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौँ पठाउनका लागि काम सुरु गरिएको छ । वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन ।

यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो । सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताउनुभयो ।

अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उहाँले जानकारी दिनुभयो । आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत केही काम सुरु गरिएको उहाँले बताउनुभयो । भोलिदेखि सुरुङ खोतल्ने काम सुरु हुने उहाँको भनाइ छ । सुरुङभित्र खासै क्षति नभएको, सुरुङ बाहिर पनि गत सालभन्दा आधा मात्र सरसफाइ गर्नुपर्ने देखिएको उहाँले बताउनुभयो ।

जतिसक्दो छिटो पानी सुरुङमा पठाउने गरी काम गरिने उहाँको भनाइ छ । उहाँका अनुसार सडक अवरुद्ध भएकाले मेसिन आयोजनास्थलमा पु¥याउन नसक्दा पानी ल्याउन ढिलाइ भएको हो । विसं २०७८ असार १ को बाढीले आयोजनाको बाँध र हेडवक्र्समा क्षति पु¥याएपछि मर्मत गरी २०७९ वैशाख ११ गतेदेखि जेठ तस्रो सातासम्म पानी लगिएको थियो ।

विसं २०७८ असार १ गते सुपरीवेक्षण गर्नका लागि भन्दै सुरुङ बन्द गरेकै दिनमा ठूलो बाढी आएर मेलम्चीको हेडवक्र्स क्षेत्रमा क्षति पुगेको थियो । गेग्रान हटाउने कार्य चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रो पावरले गर्ने छ ।