६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

मतदातालाई मतदान स्थलसम्म कसरी पुर्याउने भन्ने चुनौति छः प्रवक्ता महत

मतदातालाई मतदान स्थलसम्म कसरी पुर्याउने भन्ने चुनौति छः प्रवक्ता महत
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको उम्मेद्वार नै नभएको स्थानमा निर्वाचन परिचालन चुनौतीपूर्ण रहेको बताउनु भयो ।

प्रवक्ता महतले मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट नहाल्ने समस्या गौण रहेको तर मतदातालाई मतदान स्थलसम्म कसरी पुर्याउने भन्ने चुनाति ठूलो रहेको बताउनुभएको हो ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले मतदातालाई सुरक्षित रुपमा मतदान स्थलसम्म पुर्याउने काममा पार्टीका संयन्त्र परिचालन गरेको बताउनु भयो । उहाँले नेकपा एमालेलाई भोट दिनुभन्दा गठबन्धनलाई नै भोट हाल्न आग्रह गर्नुभयो । प्रवक्ता महतले स्वतन्त्ररुपी अनेक रंगमा प्रकट भएका उम्मेदवारहरुलाई भन्दा गठबन्धनलाई मत दिएर जिताउन आग्रह गर्नुभयो ।

उहाँले गठबन्धनमा विभिन्न दलका उम्मेदवारहरुले उम्मेदवारी दिएको अवस्थामा परिचालनको कोणबाट दलको क्रियाशील नहुने खतरालाई समाधान गर्नेकुरामा पार्टी लागेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मलाई लाग्छ, मुल समस्या भनेको मतदान केन्द्रमा गइसकेपछि एकअर्कालाई भोट हाल्दैनन् भन्ने भन्दापनि आफ्नो पार्टीको उम्मेदवार नभएको ठाउँमा मतदान केन्द्रमा मतदाताहरुलाई पु¥याउने चुनौतीपूर्ण काम हो । पार्टीको संयन्त्र लगाएर त्यो चुनौतीलाई सामना गर्छौं भन्ने हामीलाई विश्वास छ ।

ल ठिक छ हाम्रो दलको उम्मेदवार छैन तर विपक्षी ओलीजीको नेतृत्वको उम्मेदवारलाई दिनुभन्दा या विभिन्न रुप, रंगमा त्यही प्रवृत्तिलाई सहयोग गर्ने, स्वतन्त्रका रंग, अनेक रंग, रुपमा प्रकट भएका छन् । प्रवृत्ति एउटै हो ।

तिनीहरुलाई दिनुभन्दा त हाम्रो पार्टीको सहयोगी गठबन्धनको उम्मेदवारहरुलाई दिनु हामी सबैको लागि कल्याण हुन्छ भन्ने कुरा बुझाउन गाह्रो हुन्न । खालि परिचालनको कोणबाट उम्मेदवारले वडा वडा पुगेर, परिचालित गरेर जुन जोड बल लगाउँछ नि, त्यसमा उम्मेदवार नहुँदा हाम्रो दलको नहुँदा हाम्रो दलको क्रियाशिल नहुने, अन्य दलको उम्मेदवार नहुँदा अन्य दलको क्रियाशील नहुने खतरालाई हामीले महशुस गरेर त्यसको यथेष्ट प्रवन्ध, परिचालित गरेर मतदाताहरुलाई पुर्याउने सम्पूर्ण कोशिस हामीले गरिराखेका छौँ ।’

आसन्न निर्वाचनमा दलहरुले आफ्नोआफ्नो जितको दाबी गरिरहेका छन् । प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले चुनावको मुखमा एकअर्काप्रति आरोप प्रत्यारोप लगाउँदै आएका छन् ।