११ असार २०८३, बिहीबार
,
Latest
तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एमाले कमजोर छैन, गलत तथ्यांक प्रश्तुत नगरौँः विष्णु रिमाल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले आसन्न निर्वाचनमा कमजोर नभएको दाबी गर्नुभएको छ ।

उहाँले अहिले बाहिर आइरहेका तथ्यांकहरु मिथ्यांक भएको र त्यो कुनैपनि संस्थाहरुले सर्वेक्षण नगरीकन भनिएको बताउनु भयो । उहाँले गलत तथ्यांक पेस गर्नु भन्दा सही तथ्यांक भए सरकारको तर्फबाट रिपोर्ट प्रश्तुत गर्न गृहमन्त्री बालकृष्ण खाँणलाई चुनौती दिनुभयो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले गलत तथ्यांकहरु प्रश्तुत गर्दै जानु भन्दा निर्वाचन आयोगसमक्ष आफू पनि कानून मिच्छौँ, अरुलाई पनि मिच्न दिनुपर्छ भन्नसक्ने बताउनु भयो । उहाँले गठबन्धन सरकारले छद्म काम गरिरहेको र त्यसलाई पुष्टि गर्नको लागि अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गरेको आरोप लगाउनु भयो ।

उहाँले भन्नुभयो, ‘जे तथ्य, तथ्यांकहरु बाहिर आइराखेका छन् ती मिथ्यांक मात्रै हुन् । त्यसमा कुनैपनि संस्थाहरुले सर्वेक्षण गरेका छैनन् र त्यो बाहिर आएको पनि छैन । म चुनौती नै दिनसक्छु गृहमन्त्रीजीलाई त्यस्तो छ भने त रिपोर्ट नै बाहिर ल्याए भयो नि त । बाहिर ल्याउने हो भने अरु विश्वसनीय संस्थाहरुले गरेका सर्वेक्षणलाई नि बाहिर ल्याउनलाई उहाँले आग्रह गर्नुपर्यो । निर्वाचन आयोगलाई भन्नुप¥यो, हामी कानून मिच्छौँ । मिच्न अरुलाई पनि दिनु भन्नुपर्यो ।

उहाँहरु छद्म काम गरिरहनुभएको छ र छद्म कामलाई पुष्टि गर्नका लागि उहाँहरुले अन्तर्राष्ट्रिय फेक न्युज एजेन्सी, न्युज पोर्टलहरुलाई प्रयोग गर्नुभएको छ । मैले थाहा पाएको नेपाल ब्रिटेन यस्तै के नाम गरेको कुनै एउटा वेबसाइटमार्फत एउटा नक्कली सूचना बाहिर आयो त्यसमा एउटा अमुक दल संलग्न छ भन्ने सुनेको छु । त्यो गर्नुको कारण त्यसमार्फत सामाजिक सञ्जालमा यसलाई बढी प्रचारित गर्ने, भाइरल गर्ने र जनतालाई हो क्यारे भनेजस्तो भ्रम दिने काम हुन खोजिरहेको छ । यो स्वच्छ निर्वाचनको लागि निन्दनिय काम हो ।’