३१ जेष्ठ २०८३, आईतवार
,
Latest
मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना परराष्ट्रमन्त्री बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल महिला र दलितलाई बेग्लै निर्वाचन क्षेत्र निर्धारण गर्न जनमोर्चाको प्रस्ताव बाढी प्रभावित ७३ परिवारलाई घर हस्तान्तरण देशका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन जनाको मृत्यु बागमती प्रदेशसभा बैठकः प्रदेशको आर्थिक सर्वेक्षण प्रस्तुत बङ्गलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ कतारको प्रतिनिधिमण्डल तेहरानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाडले बनेको हजार वर्ष पुरानो खेलौना भेटियो



अ+ अ-

जेरूसलेम । इजरायली पुरातत्वविद्हरूले हाडले बनेको एक हजार वर्ष पुरानो खेलौना फेला पारेका छन् । उत्तरी इजरायलको हाइफानगरस्थित उषा पुरातात्विकस्थलमा उत्खनन गर्दा हजार वर्ष पुरानो खेलौना फेला परेको इजरायल पुरातात्विक प्राधिकरणले जनाएको छ ।

उमायद खलीफा राजवंशको मुसलमान शासनकाल सातौँ शताव्दीदेखि १३ औँ शताव्दीसम्म प्राचीन इजरायलमा त्यस्ता खेलौना लोकप्रिय रहेका प्राधिकरणले बताएको छ । मुसलमान अवधिको उत्तराद्र्धमा निर्मित खेलौनामाथि देशका केही भागमा त्यतिबेला नै धार्मिक कारणले प्रतिबन्ध लगाइएको थियो ।

मुसलमान शासनकालमा गाई, ऊँट, बाख्रा वा भेडाका खुट्टाका हाडबाट बनाइन्थ्यो । पुरातत्वविद्ले फेला पारेको उक्त गुडिया कुन जनावरको हो भन्नेबारेमा प्राथिकरणले केही बताएको छैन । प्राकिरणका अनुसार उक्त कालमा खेलौना आमोदप्रमोदका निम्तिमात्र नभई शैक्षिक सामग्रीका रूपमा पनि बनाइन्थ्यो ।