१४ भाद्र २०८३, आईतवार
,
Latest
विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोखाका मेयर उम्मेदवार श्रेष्ठसहित माओवादीका २८ जना कार्यकर्ता एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा गत स्थानीय तहको निर्वाचनमा माओवादीबाट टोखा नगरपालिकाको मेयरमा उम्मेदवार बनेका राकेश श्रेष्ठसहित २८ जना कार्यकर्ता एमालेमा प्रवेश गर्नुभएको छ ।

उहाँहरूलाई एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले सोमबार खादा र अवीर लगाई पार्टीमा स्वागत गर्नुभयो । श्रेष्ठ माओवादीका काठमाडौं जिल्ला कमिटीका सदस्य समेत हुनुहुन्छ ।

कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकाहरूलाई उचित जिम्मेवारी दिइने बताउनुभयो ।

उहाँले एमालेको नेतृत्वमा मात्र देशको विकास सम्भव रहेको भन्दै देशको माया गर्नेहरूलाई एमालेमा समाहित हुन आह्वान गर्नुभयो । एमालेले जिते मात्र देशमा स्थिरता हुने उहाँले बताउनुभयो ।

काँग्रेस र माओवादीबीचको गठबन्धन गलत भएकाले आफूले विद्रोह गरेको श्रेष्ठले बताउनुभयो । उहाँले गत स्थानीय तहको निर्वाचनमा टोखा नगरपालिकाको मेयरमा तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

काठमाडौं क्षेत्र नम्बर ५ मा दैनिक जसो विभिन्न पार्टीबाट प्रवेशको लहर छ । स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ का १५ वटा वडामध्ये ११ वटा वडामा एमाले एक्लैले जित हासिल गरेको छ भने बाँकी ४ वडामा अध्यक्ष बाहेकका सदस्यहरू जितेको छ ।

एमालेमा प्रवेश गर्ने माओवादी केन्द्रका शेखर श्रेष्ठ, कृष्ण विक, सुरेन्द्र श्रेष्ठ, चेतबहादुर थापा, गंगालाल श्रेष्ठ, विनोद गौतम (वडा सदस्य उम्मेदवार), नेत्रमान श्रेष्ठ, प्रकाश भण्डारी (वडा सदस्य उम्मेदवार), रोनित भण्डारी (वडा सदस्य उम्मेदवार), सुनिता विष्ट विक (दलित महिला सदस्य उम्मेदवार), ज्ञानबहादुर श्रेष्ठ, अभिषेक श्रेष्ठ, विशाल कार्की, विमल मगर, सोमराज गुरुङ, रुजल श्रेष्ठ, विकास थापामगर, भुषण गुरुङ, दीपेश श्रेष्ठ, दिनेश मगर, रुपेश महर्जन, रुपेशबहादुर चन्द, सीता भण्डारी, शर्मिला थापा, प्रवीण श्रेष्ठ, सुरेश लावट (टोखा वडा नम्बर २ सहसचिव), प्रजन श्रेष्ठ (वाईसीएल वडा सदस्य) र प्रवीण श्रेष्ठ (वाईसीएल वडा सदस्य) हुनुहुन्छ ।