२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काइरन पोलार्डद्वारा आइपीएलबाट सन्न्यास घोषणा



अ+ अ-

क्यारेबियन अलराउन्डर काइरन पोलार्डले इन्डियन प्रिमियर लिगबाट सन्यास लिएका छन् । पोलार्डको यो निर्णय उनको टोली मुम्बई इन्डियन्सले उनलाई मिनी लिलामी अघि रिलिज गर्दा आएको हो ।

अब पोलार्ड टोलीको नयाँ ब्याटिङ प्रशिक्षक हुनेछन् । पोलार्डले यसै वर्ष अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । टी–२० क्रिकेटका सर्वाधिक सफल खेलाडीमध्येका एक पोलार्ड वेस्ट इन्डिजका लागि त्यति सफल भएनन् ।

पोलार्डलाई सन् २०१० मा मुम्बई इन्डियन्सले किनेको थियो, त्यसपछि उनी सोही टोलीमा रहे। सन्यास पछिको बयानमा उनले भने, “यो सजिलो निर्णय थिएन किनकि म अझै केही वर्ष खेल्न चाहन्थें, तर मुम्बई इन्डियन्ससँग छलफल गरेपछि मैले मेरो आईपीएल करियर समाप्त गर्ने निर्णय गरेको छु।”

“म बुझ्छु कि यो अविश्वसनीय फ्रान्चाइजीलाई परिवर्तन आवश्यक छ र यदि म अब मुम्बई इन्डियन्सबाट खेल्दिन भने म आफूलाई मुम्बई इन्डियन्स (एमआई) विरुद्ध खेलेको देख्न सक्दिन, ‘वन्स एमआई अल्वेज ए एमआई’।”

पछिल्लो स्थानमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले यस वर्ष ५ खेलाडी रिलिज गर्दा १० खेलाडीलाई रिटेन गरेको छ । रोहित शर्मा, डेवाल्ड ब्रेविस, इशान किशन, सूर्यकुमार यादव, ड्यानियल साम्स, टिम डेभिड, जोफ्रा आर्चर, जसप्रित बुमराह, ट्रिस्टन स्टब्स र तिलक वर्मा अर्को सिजनमा फेरि एमआई सर्टमा देखिने छन्। योसँगै फेबियन एलेन, काइरन पोलार्ड, टायमल मिल्स, मयंक मार्कण्डे र ऋतिक शोकिन रिलिज भएका छन् ।