६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

रुपन्देही–२: विकासे नेताको छवि बनाएका पौडेल ढुक्क

रुपन्देही–२: विकासे नेताको छवि बनाएका पौडेल ढुक्क
अ+ अ-

रुपन्देही । राष्ट्रिय राजनीतिमा चर्चा कमाएका व्यक्तिहरु मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहेकाले रुपन्देहीको निर्वाचन यतिबेला चर्चामा छ ।

जिल्लामा वर्तमान र पूर्वगृहमन्त्रीको उम्मेदवारीले पनि बढी चर्चा कमाएको छ । गृहमन्त्री बालकृष्ण खाँड क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवार हुनुहुन्छ भने पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल क्षेत्र नं २ मा प्रतिस्पर्धामा हुनुहुन्छ । उहाँहरु आपसमा प्रतिस्पर्धी त होइन तर उहाँहरुको उम्मेदवारी नै यस जिल्लाको निर्वाचनमा चर्चाको विषय बन्न पुगेको छ ।

पाँच निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल चुनावी मैदानमा हुनुहन्छ । पौडेलसँग राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापाले प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । थापालाई सत्ता साझेदार गठबन्धनको समर्थन रहेको छ ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि थप चर्चा बटुलेको यो क्षेत्रमा एमाले उपाध्यक्ष पौडेल र थापाबीच मुख्य प्रतिष्पर्धा हुने देखिएको हो । जिल्लामा नेकपा एमालेले पनि राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग तालमेल गरेकाले पौडेलललाई यी दुई दलको समर्थन छ । “गठबन्धनको उम्मेदवारी खारेजीले यो क्षेत्रमा पौडेललाई टक्कर दिनसक्ने अरू उम्मेदवार भएनन् जसले गर्दा पौडेललाई निर्वाचन केही सहज देखिएको छ”, राजनीतिक विश्लेषक ऋषि आजाद भन्नुहुन्छ”, जनमुक्ति पार्टीका उम्मेदवार थापा यो क्षेत्रको राजनीतिक वृत्तमा त्यति परिचित अनुहार नरहेकाले विकासे नेताको छवि बनाएका पौडेलको जित सहजदेखिएको उहाँको भनाइ छ ।

एमाले उपाध्यक्षसमेत रहेका पौडेलले यो क्षेत्रबाट लगातार पछिल्ला तीन निर्वाचनमा जित हासिल गर्नुभएको थियो । पौडेलले २०६४, २०७० र २०७४ को निर्वाचनमा क्रमशः माओवादीका भक्ति पाण्डे, ०७० मा माओवादीकै डा बाबुराम भट्टराई र कांग्रेसका सूर्यप्रसाद प्रधान तथा २०७४ मा कांग्रेसका नेता युवराज गिरीलाई पराजित गर्नुभएको थियो । यस पटक अझै पराकिलो मतान्तरका साथ विजयी हुने योजना लिएर आफू चुनावी मैदानमा होमिएको पौडेल बताउनुहुन्छ । “मैले रुपन्देहीलाई विकासको नमुना बनाउने गरी योजना अघि बढाएको छु । हिजो अर्थमन्त्री हुँदा पनि अन्तर्राष्ट्रिय गौतममबुद्ध बिमानस्थल, बुटवल बेलहिया ६ लेन सडक जस्ता दर्जनाँै ठूला योजना ल्याएँ”, पौडेल भन्नुहुन्छ, “अब ती योजना पूरा गर्न र नयाँ योजना सुरु गर्न जनताले साथ दिने छन् भन्नेमा म विस्वस्त छु ।”

पौडेलले लगातार जित हासिल गरेकै कारण यसपटक पनि मतदाताको साथ पाउने विश्वास व्यक्त गरिरहँदा जनमुक्तिका उम्मेदवार थापा भने स्थानीय तहको निर्वाचनमा पाँचदलीय गठबन्धनका उम्मेदवार विजयी भएकाले जित हासिल गर्ने दाबी गर्नुहुन्छ । यसअघिको निर्वाचनमा जनमुक्तीले राम्रो मत पाएको र अहिले गठबन्धनको समेत साथ भएपछि नतिजा आफ्नो पक्षमा आउने थापाको भनाइ छ । “जनमुक्ति पहिलोपटक इतिहास रच्ने गरी चुनावी अभियानमा लागेका छौँ”, थापा भन्नुुहुन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी खारेज भएपछि विज्ञप्ति प्रकाशन गरेर सत्ता गठबन्धनले थापालाई सहयोग गर्ने बताएको हो ।

प्रदेशसभा सदस्यमा एमालेबाट (१) मा लिला गिरी, (२) मा भोजप्रसाद श्रेष्ठ र सत्ता गठबन्धका तर्फबाट क्षेत्र नं (१) मा दीर्घबहादुर केसी र (२) मा बामदेव क्षेत्री चुनावी मैदानमा हुनुहुन्छ । कांग्रेस महासमिति सदस्य रहनुभएका केसी र माओवादी पोलिटब्यूरो सदस्य रहनुभएका क्षेत्री प्रदेशसभामा पहिलोपटक उम्मेदवार बन्नुभएको हो भने एमालेका गिरी र श्रेष्ठ ०७४ को प्रदेशसभा निर्वाचनबाट निर्वाचित भई मन्त्री भइसक्नुभएको छ ।

पहिलोपटक प्रदेशसभाको उम्मेदवार बनेकाले काम गर्ने अवसर दिन आग्रह गर्दै गठबन्धनका उम्मेदवारहरु मतदातासँग पुग्नुभएको छ भने आफ्नो कार्यकालमा सुरु भएका कामको पूर्णता र नयाँ योजना थालनी गर्न आफूहरुलाई जिताउन आग्रह गर्दै एमालेका उम्मेदवारले भोट मागिरहनुभएको छ । क्षेत्र नं २ मा बुटवल उपमहानगपालिकाका १ देखि १३ नंसम्मका वडाहरू, सैनामैना नगरपालिकाका १ देखि ४ सम्मका वडाहरू र तिलोत्तमाका १ देखि ६ वडा पर्दछन् । रासस