२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकहरूले मंसिरमा ब्याजदर नघटाउने



अ+ अ-

काठमाडौँ । वाणिज्य बैंकहरुले मंसिर महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । बैंकर्स संघको मंगलबार बिहान बसेको बैठकले निक्षेपको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो ।

बैठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल/माथि गर्नुपर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेको छ ।

संघका अनुसार मुख्य आर्थिक सूचकहरु र मुद्रास्फीति पहिलेकै ठाउँमा छ । बैठकमा मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल/माथि गर्न सकिनेबारे छलफल भएको तर कुनै औपचारिक सहमति नभएको बताइएको छ ।

वाणिज्य बैंकहरुले भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्यूनतम ६.०३ देखि अधिकतम ९।०३ प्रतिशत ब्याजदर कायम गरेका थिए ।

असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.९३३ प्रतिशतसमम पुगेको छ ।