४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जानेबारे रघुजी पन्तले गरे यस्तो खुलासा, होला पुरा



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् विस्तार ढिलाइले सरकारका कामकारबाही प्रभावित भइरहेका बेला एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सत्ता गठबन्धनसँग थप समय मागेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठसँग मंगलबार बिहान भएको भेटमा नेपालले पार्टी एकताका लागि छलफल चलिरहेको उल्लेख गर्दै सरकारमा सहभागी हुनेरनहुने विषयमा दुईरतीन दिन पर्खन आग्रह गरेका हुन् ।

नेपाललाई पर्खने भन्दै कांग्रेस र माओवादी आफैंले पनि ढिलाइ गरिरहेका छन् । यसै सन्दर्भमा नेपाल पक्षका नेता रघुजी पन्तसँग गरिएको कुराकानी

सरकारमा जाने नजाने किन टुंगो नलागेको हो ?

हामी अहिले सरकारमा जाने कुरै आउँदैन । पार्टी एकताको प्रक्रियामा छौं । एकता प्रक्रिया सकारात्मक ढंगले टुगिन्छ भन्ने विश्वास गरेका छौं । सकारात्मक ढंगले नटुंगिएको अवस्थामा मात्र अरू सोच्ने कुरा आउँछ । सरकारमा जाने कि विपक्षी मोर्चामा भन्ने त्यसपछिको कुरा हो । अहिले सम्पूर्ण ध्यान पार्टी एकतामा छ ।

सत्तारूढ गठबन्धनसँग पनि कुरा भइरहेको छ नि ?
राजनीतिक नेताहरू नै सत्तारूढ गठबन्धनमा हुनुहुन्छ । पूर्वप्रधानमन्त्रीहरू हुनुहुन्छ । उहाँहरूले विभिन्न विषयमा छलफल गर्नुलाई मैले अस्वाभाविक रूपमा लिएको छैन । भोलि शेरबहादुरजी, प्रचण्डजी, केपी ओलीकहाँ पनि जान सक्नुहुन्छ । पक्ष–विपक्षबीच भेटघाट भइराख्नुपर्छ । लोकतन्त्रको महत्त्वपूर्ण पक्ष–विपक्षी पनि हो, सत्तापक्ष पनि हो । सत्तापक्षका नेताहरूसँग प्रतिपक्षका नेताहरूको भेटघाट हुनुलाई म अस्वाभाविक ठान्दिनँ । संगठनात्मक रूपमा असहमत भए पनि हामी एमालेभित्र छौं । एमालेभित्र हुन्जेल सरकारमा पनि जाने र प्रतिपक्षमा बस्ने त हुँदैन ।

पार्टी एकता होला र ?

कुरा भइरहेको छ । लामो समयदेखि ग्याप छ । अविश्वास पनि छ । पार्टी अध्यक्ष ९ओली० बाट पनि बेलाबेला नमीठा शब्द आइरहेका छन् । यी विषय सम्हालेर जान केही समय लाग्छ । हामी वार्ता टोलीका सदस्यहरू एकताका लागि छलफल गरिरहेका छौं । कतिपय कुरा मिल्न बाँकी छ । मचाहिँ आशावादी छु ।

पार्टी एकता सफल भएन भने सरकारमा जानुहुन्छ  ?
पार्टी एकता भएन भने के गर्ने भन्ने भोलिको कुरा हो । नकारात्मक विकल्प जहिले पनि रहन्छ । तर सकारात्मक विकल्पतिर अघि बढ्ने हो । त्यो भनेको पार्टी एकता हो । सबभन्दा दूरदर्शी र जिम्मेवार पार्टी अध्यक्ष केपी ओली हुनुपर्छ । उहाँ सहिष्णु पनि हुनुपर्छ । पार्टी एकता सफल पार्न निर्णायक भूमिका पनि उहाँकै हुनुपर्छ ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।