६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

‘संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकासका लागि सत्ता गठबन्धनलाई मत’

‘संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकासका लागि सत्ता गठबन्धनलाई मत’
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने जनाएको छ ।

कांग्रेसले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा विसं २०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई तिहाइ नजिक स्थान जितेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पाँच वर्षसम्म स्थायित्व नदिएकाले अब कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा जनता लागेको प्रवक्ता डा प्रकाशशरण महतले बताउनुभयो । संविधानको रक्षा गरी यसमा सुधार र संशोधनका माध्यमबाट आगामी दिनमा अघि बढ्ने पनि उहाँले सुनाउनुभयो ।

“गठबन्धनको नेतृत्व गरेको कांग्रेससहितका दल फराकिलो मतले विजयी हुन्छन्, निर्वाचन आयोगले तय गरेको सीमामा रही हामीले प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छौँ, मूलभूतरूपमा संविधानको रक्षा हाम्रो मुख्य उद्देश्य हो, नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको सरकारले स्थायित्व दिन नसकेपछि सत्तामा आएको कांग्रेस नेतृत्वको गठबन्धनले छोटो समयमा गरेका कामले पनि सत्तागठबन्धनले राम्रो मत ल्याउने वातावरण देखेका छौँ”, प्रवक्ता महतले भन्नुभयो ।

आगामी निर्वाचनमा प्रत्यक्ष जत्तिकै महत्वपूर्ण समानुपातिक पनि भएकाले सबै निर्वाचन क्षेत्रमा समानुपातिकको मत माग्न पार्टी संयन्त्र परिचालन गरिएको कांग्रेसले जनाएको छ । विसं २०७४ को निर्वाचनमा कांग्रेसले समानुपातिकमा ४० स्थानमा विजयी भएको उल्लेख गर्नुहुँदै प्रवक्ता महतले त्यसबेलाभन्दा बढी स्थान आउने गरी प्रचारप्रसारमा लाग्न सबै जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको पार्टी संयन्त्रलाई परिचालन गरिएको जानकारी दिनुभयो ।

“देशभरका ६१ क्षेत्रमा प्रत्यक्षतर्फ कांगे्रसका उम्मेदवार छैनन्, ती क्षेत्रमा प्रत्यक्षमा गठबन्धन दलका उम्मेदवार र समानुपातिकमा कांग्रेसको रुख चिह्नमा मतदान गर्न आह्वान गरेका छौँ, उम्मेदवार नभएका क्षेत्रमा समानुपातिकतर्फ मतका लागि विशेषरूपमा प्रचारप्रसार गर्न पार्टी संयन्त्रलाई परिचालन गरिएको छ, प्रत्येक क्षेत्रमा समानुपातिकतर्फ दुईवटा मतपत्रमा अनिवार्यरूपमा रुखमा मतदान गर्न पार्टीका शुभेच्छुक एवं मतदातामा आग्रह गरेका छौँ”, प्रवक्ता महतले भन्नुभयो ।

देशलाई जोड्ने र सहिष्णु नेतृत्व आवश्यक परेकाले पनि कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा धेरै स्थानमा जित्ने वातावरण बनेको विश्लेषण उहाँले सुनाउनुभयो । कांग्रेस नेतृत्वले पार्टीभित्रका सबैलाई मिलाएर गठबन्धनको नेतृत्व गरेको पार्टीले जनाएको छ । विपक्षी गठबन्धनको नेतृत्व गरेको एमालेले पार्टीभित्रकै नेतालाई मिलाउन नसकेको आरोप प्रवक्ता महतले लगाउनुभयो ।

“विपक्षी गठबन्धनका नेता ओली असहिष्णु भएर भीम रावल र घनश्याम भुसाललाई टिकट दिनुभएन, भुसाललाई हामीले सहयोग गरेर सहिष्णु बनेका छौँ, पार्टीभित्रकै नेतालाई मिलाउन नसक्ने असहिष्णु नेतृत्वले अब देश चलाउन सक्दैन, जनताले कल्पनाको उडानलाई नभई प्रतिबद्धता पूरा गर्ने गठबन्धनलाई मतदान गर्छन्, यसैले कम बोलेर धेरै काम गर्ने सत्ता गठबन्धन देशको आवश्यकता हो”, उहाँले भन्नुभयो ।

कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दर्ता गर्नेलाई समर्थन गरेर त्यो क्षेत्रमा उम्मेदवार नउठाउने एमालेले पार्टीकै नेताहरू भीम रावल र घनश्याम भुसाललाई भने उम्मेदवार नबनाउनुले असहिष्णु बनेको पुष्टि हुने उहाँको भनाइ थियो । यति असहिष्णु नेतृत्व अब देशले नधान्ने निष्कर्ष कांग्रेसको छ ।

यसअघिको निर्वाचनमा जनताले गरेको विश्वासमा ओलीले आघात पु¥याएको कांग्रेसको भनाइ छ । स्वतन्त्रका नाममा सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरेर पनि देश नचल्ने निष्कर्षमा कांग्रेस पुगेको छ । विसं २००७ को परिवर्तनदेखि नै लोकतन्त्रका पक्षमा कांग्रेस चट्टानजत्तिकै उभिएको विषय यसपटक जनताले मूल्याङ्कन गरेको उहाँले सुनाउनुभयो ।

सिन्धुलीको एउटा पालिकामा हेफर इन्टरनेशनल नामको गैरसरकारी संस्थाले चुनावको मुखमा पैसा बाँड्दै एमालेका पक्षमा मत हाल्न लगाएको सूचना आएको उल्लेख गर्नुहुँदै प्रवक्ता महतले गैरसरकारी संस्थालाई पार्टीका पक्षमा उपयोग गरेको घटनामा निर्वाचन आयोगको ध्यान जानुपर्ने बताउनुभयो ।

प्रतिनिधिसभाका ९१ स्थानमा कांग्रेस र ७४ स्थानमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई मत माग्न उहाँले देशभरका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । यसैगरी प्रदेशसभातर्फ १७७ स्थानमा कांग्रेस र १५३ स्थानमा सत्ता गठबन्धनका अन्य उम्मेदवारलाई मत हाल्न पनि पार्टीले आह्वान गरेको छ ।

निर्वाचनपछि सत्तागठबन्धनको नेतृत्व स्वाभाविकरूपमा कांग्रेसले गर्ने प्रवक्ता महतले बताउनुभयो । कांग्रेसभित्र पनि सरकारको नेतृत्व स्वाभाविकरूपमा पार्टी सभापतिसमेत रहनुभएका शेरबहादुर देउवाले गर्नुहुने जानकारी उहाँले दिनुभयो ।