६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

दुर्गम गाउँका मतदाताको पीडा: भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँँदैनन्

दुर्गम गाउँका मतदाताको पीडा: भोट दिन्छन् तर उम्मेदवारलाई भेट्नै पाउँँदैनन्
अ+ अ-

सोलुखुम्बु । चुनाव उत्सव हो । यो बेला मुलुकका सबैजसो ठाउँँमा राजनीतिक गतिविधि अत्यधिक भएका छन् । भान्सादेखि खेतबारी, घरको आँगनदेखि गाउँँका चियापसल र चौतारामा पनि निर्वाचनकै कुरा हुने गरेको छ । धेरैजसो ठाउँमा यतिबेला दसैँ तिहारकै जस्तो रमाइलो वातावरण छ ।

विदेश तथा स्वदेशका विभिन्न ठाउँमा छरिएर रहेकाहरु मतदान गर्नकै लागि घर फर्किने क्रम जारी छ । उम्मेदवारलाई घरदैलो गर्न र मतदातालाई रिझाउन होडबाजी नै चल्छ । उम्मेदवार र तिनका कार्यकर्ताहरु मतदातालाई खेतबारीमै गएर भेटेर मत माग्दै गरेका छन् । कतिपय उम्मेदवारले खेतमै गएर किसानलाई काममा सघाएको पनि देख्न पाइएको छ ।

निर्वाचनले गर्दा पाँच वर्षमा एक पटक हुने मतदाता र उम्मेदवारको प्रत्यक्ष रुपमा भेटघाट हुन पाएको छ । मतदाताले आफ्ना तीतामीठा कुरा धित मरुञ्जेल उम्मेदवार, पार्टीका नेता कार्यकर्तालाई सुनाउन पाएका छन् । एक आपसमा राम्रोसित घुलमिल हुने तथा चिनजानको अवसर पनि यही नै हो । उम्मेदवारहरु अरु बेला गाउँघरमा त्यति धेरै गएको र मतदातालाई भेट्ने गरेको हामीकहाँ कमै पाइन्छ । यतिबेला गाउँघरमै गएर मतदातालाई भेट्नु हरेक उम्मेदवारको बाध्यता जस्तै पनि हो । मतदातालाई पनि आफ्नो प्रतिनिधिलाई चिन्ने र आफ्ना समस्या राख्ने महत्वपूर्ण अवसर पनि यतिबेला नै हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ को गुमेला गाउँँको दृश्य भने एकदमै फरक रहेको छ । दूधकोशी नदी किनारको फाक्दिङबाट एक घण्टा उकालो पार गरेपछि पुगिन्छ गुमेला । खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा पर्ने ११ गाउँमध्येको एउटा गाउँ हो यो । यसलाई ठूलो गुमेला र सानो गुमेला भनेर छुट्याएको छ । माथिल्लो वस्ती ठूलो गुमेला र तल्लो वस्ती सानो गुमेलाका नामले चिनिन्छ ।

यहाँ पुग्दा गाउँ सुनसान थियो । घरमा महिला र बालबालिका मात्र थिए, पुरुष जति सबै काममा । यो विश्वको सर्वोच्च हिमशिखर सगरमाथाको पदमार्गमा पर्ने गाउँ हो । त्यसैले यहाँँका पुरुष महिनौँँदेखि आन्तरिक तथा बाह्य पर्यटक सँगसँगै छन् । कोही भारी बोक्न, कतिपय पथप्रदर्शक बनेर त कतिपयले अरु व्यापार व्यवसाय गर्न गाउँ छाडेका छन् ।

गाउँमा पग्दा लाक्पाफुटी शेर्पा चिया पकाउँदै हुनुहुन्थ्यो । निर्वाचनबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “मङ्सिर ४ गते भोट हाल्न जानुपर्छ भन्ने मात्र थाहा छ, अरु कुरा केही थाहा छैन ।” गाउँमा चुनावी गफगाफ केही नहुने शेर्पा बताउनुहुन्छ । “सबै आ–आफ्नो काममा हुन्छन्, कसैलाई फुर्सदै हुँँदैन, एक ठाउँमा भेला हुँदा पनि अरु नै कुराकानी हुन्छ, चुनावको त केही कुरा नै हुँँँदैन”, उहाँले भन्नुभयो ।

शेर्पालाई जस्तै सर्मिला बराइलीलाई पनि चुनावबारे खासै केही थाहा छैन । मोबाइलमा बज्ने रिङटोनका कारण मङ्सिर ४ गते निर्वाचन हुने र भोट हाल्न जानुपर्नेसम्म उहाँँलाई जानकारी छ । “यहाँँ कोहीले पनि चुनावको कुरा गरेको सुन्दिन, भोट माग्न त अहिलेसम्म कोही पनि आएका छैनन्”, निरक्षर बराइलीले भन्नुभयो । जिल्लामा कुन कुन पार्टीबाट को को उम्मेदवार छन् भन्ने पनि उहाँलाई थाहा छैन् ।

ठूलो गुमेला र सानो गुमेलामा झण्डै ८० परिवारको बसोबास छ । यहाँ शेर्पा, राई, बराइली, कुलुङलगायत जातिको बसोबास छ । गाउँका केही घरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनका पर्चा पम्पलेट घरका भित्तामा टाँसिएका देखिन्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे भने कुनै पनि सामग्री भने यहाँ कहीँँकतै भेटिदैनन् । मतदान गर्न र निर्वाचनबारे जानकारी दिन गाउँमा कोही नआएको यहाँका मतदाता बताउँछन् । हालसम्म कुनै पनि पार्टी र तिनका नेता कार्यकर्ता तथा उम्मेदवार भोट माग्न यहाँ आएका छैनन् ।

“दुर्गम र विकट गाउँ भएका कारण कोही नआएका होलान्”, स्थानीय ७१ वर्षीया विमला कुलुङ भन्नुहुन्छ, “यसअघिका निर्वाचनमा पनि यस्तै भएको थियो ।” स्थानीय तहको निर्वाचन ताका भने गाउँमा निकै चहलपहल भएको उहाँले सुनाउनुभयो । “उम्मेदवार पनि यहीँका भएर होला, त्यो बेला उम्मेदवार भोट माग्न घरदैलोमै आउनुभएको थियो ।” स्थानीय तह बााहेकका अन्य निर्वाचनमा भने यो गाउँँमा कुनै पनि उम्मेदवार भोट माग्न आएको कुलुङलाई सम्झना छैन ।

यहाँँका बासिन्दा खेती किसानी गर्दैनन् । खेतबारी नै पर्याप्त छैन । केहीले बारीमा तरकारीसम्म लगाउन भ्याएका छन् । यतिबेला स्थानीयका लागि वर्षभरिको खानपिनको जोहो गर्ने समय हो । पुरुष सबैजसो कमाउन सगरमाथाको आधारशिविर, नाम्चे, खुम्बु, लुक्लातिर गएका छन् । “दुई वर्ष कोरोना महामारीले हाम्रो गरिखाने बाटो छेक्यो”, सगरमाथा पदमार्गको फाक्दिङमा पर्यटकको भारी बोक्दै गरेका नोर्बु शेर्पाले भन्नुभयो, “यतिबेला घर नछाडे वर्षभरि भोकै बस्नुपर्ने हुन्छ ।”

कोरोना महामारीका कारण दुई वर्ष यहाँका बासिन्दाले कष्टकर दिन बिताउनुप¥यो । आन्तरिक र बाह्य पर्यटक आएनन् । स्थानीयले भारी बोक्ने, पथप्रदर्शकको काम तथा अय व्यवस्या गर्नै पाएनन् । यस वर्ष भने पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ । त्यही भएर यहाँका मतदातालाई एकछिन फुर्सद छैन । “अहिले गाउँघरमा सितिमिति कोही भेटिदैनन्”, स्थानीय पर्यटन व्यवसायी एवं हेली एभरेष्ट प्रालिका प्रबन्ध निर्देशक फुर्वा ग्याल्जेन शेर्पा भन्नुुहुन्छ, “सबैजना काममै व्यस्त हुन्छन्, अहिले कमाएको पैसोले अफ सिजनमा खाने हो, घरखर्च बालबच्चा पढाउने खर्चको जोहो गर्ने बेला पनि यही हो ।”

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि २० उम्मेदवार चुनावी मैलदानमा हुनुहुन्छ । सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार प्रतिनिधिसभातर्फ आठ र प्रदेशसभातर्फ १२ उम्मेदवार मत माग्न व्यस्त हुनुहुन्छ । कोही पनि उम्मेदवार खुम्बु पासाङल्हामु गाउँपालिकामा भोट माग्न आउनु भएको छैन । कांग्रेस, एमाले र माओवादी केन्द्रको जिल्ला नेतृत्वले दुर्गम क्षेत्र भएका कारण मत माग्न गाउँगाउँ पुग्न नसकेको स्वीकारेको छ । इच्छा हुँदाहुँदै पनि सीमित समय र जिल्लाको भूगोल ठूलो भएका कारण सबै ठाउँमा मतदातालाई घर घरमा गई भेट्न नसकिएको उहाँहरुको भनाइ छ ।

नेपाली कांग्रेसका जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टीका स्थानीय तहका नेता कार्यकर्ताले नै उम्मेदवारका तर्फबाट मत मागिरहेको बताउनुभयो । “लुक्लासम्म त चुनावी सभा गरेका हौँ, त्यहाँदेखि उत्तरतर्फका वस्तीमा समय अभावका कारण पुग्न सकिएन”, उहाँले भन्नुभयो, “मतदाता आफ्नो काममा व्यस्त छन्, घरमा भेटिने सम्भावना पनि कमै छ, त्यसैले सो क्षेत्रमा चुनावी सभा र घरदैलो गरेका छैनौँ ।” सत्ता गठबन्धनको प्रचारप्रसारका क्रममा आज जिल्लाको लिखु पिके गाउँपालिकामा रहनुभएका सभापति शेर्पाले सकेसम्म लुक्लादेखि उत्तरतर्फको क्षेत्रमा पुग्ने प्रयासमा आफू रहेको बताउनुभयो ।

यस्तै नेकपा ९एमाले०का जिल्ला अध्यक्ष डुफाकुमार बास्तोलाले खुम्बु पासाङल्हामु गाउँपालिकामा आफ्नो पार्टीको सङ्गठन मजबुद भएकाले मतदाताको घरदैलोमा उम्मेदवारले धाउन नपर्ने बताउनुभयो । गत वैशाखमा स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा एमालले जितेको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस क्षेत्रमा मतदाता घरमा नभेटिने समस्या रहेको बताउनुभयो । “सबै हिमाली भेगमा गएका छन्, घरमा खासै भेटिदैनन्, त्यही भएर चुनावी सभा र घरदैलोमा उम्मेदवार जानुभएन”, अध्यक्ष बास्तोलाले भन्नुभयो । भौगोलिक विकटताका कारण गाउँगाउँ जान समस्या भएकाले एक÷दुई दिनमै पार्टीको उम्मेदवार हेलिकप्टरमा खुम्बु क्षेत्रमा मत माग्न जाने उहाँले जानकारी दिनुभयो । एमालेले यही कात्तिक २१ गते लुक्लामा चुनावी सभा आयोजना गरेको थियो ।

यसैगरी नेकपा ९माओवादी केन्द्र० का जिल्ला संयोजक असिम राई भौगोलिक विकटताका कारण खुम्बु पासाङल्हामु क्षेत्रमा पुग्न नसकिएको बताउनुहुन्छ । “मिलेसम्म अझै पनि सत्ता गठबन्धनका उम्मेवारसहित पुग्ने प्रयासमा छौँ”, उहाँले भन्नुभयो, “त्यहाँका मतदाता काममै बढी व्यस्त हुन्छन्, घरमा भेटिने सम्भावना पनि न्यून हुन्छ, त्यसैले कम प्राथमिकता दिएका हौँ ।” उम्मेदवार नै प्रत्यक्ष रुपमा पुग्न नकसे पनि स्थानीय नेता कार्यकर्ताले मतदातालाई रिझाउने काम गरिरहेको उहाँको भनाइ छ ।

एउटा मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बलबहादुर केसी, नेकपा ९एमाले० बाट मानवीर राई, जनता समाजवादी पार्टीबाट ल्हाक्पा शेर्पा, राप्रपाबाट ज्ञानेन्द्रबहादुर बस्नेत, नेपाल मजदूर किसान पार्टीबाट तारानाथ कट्टेल, नेकपा ९माले०बाट विष्णुप्रसाद बास्तोला र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट ल्हामु शेर्पा उम्मेदवार हुनुहुन्छ । एक मात्र महिला उम्मेदवार सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी शेर्पा रहनुभएको छ ।

यस्तै प्रदेशसभा क मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट गोम्बु शेर्पा, एमालेबाट उत्तमकुमार बस्नेत, राप्रपाबाट नरबहादुर बस्नेत, जसपाबाट भक्तबहादुर राई, नेमकिपाबाट चेतनाथ खनाल र मंगोल नेश्नल अर्गनाइजेशनबाट खेमकुमार राई तथा प्रदेशसभा ख मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट शिवबहादुर बस्नेत, एमालेबाट बुद्धिकुमार राजभण्डारी, राप्रपाबाट प्रेमहरि दाहाल, जसपाबाट महेशकुमार राना मगर, नेमकिपाबाट कमलबहादुर मगर र मंगोल नेश्नल अर्गनाइजेशनबाट शान्ीिमाया राना मगर उम्मेदवार रहनुभएको छ ।

कांग्रेसका ७३ वर्षीय केसी लामो समयदेखि चुनावी प्रतिस्पर्धामा उत्रिने एक्लो उम्मेदवार हुनुहुन्छ । उहाँँ सातौँँ पटक सांसदका लागि भिड्दै हुनुहन्छ । उहाँँ २०४८ सालदेखि लगातार प्रतिस्पर्धा गर्दै आउनुभएको छ । केसी चार पटक चुनाव जित्नुभयो भने दुई पटक पराजित हुनुभयो । विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका केसीलाई हराउँदै माओवादी केन्द्रका हेमकुमार राई विजयी हुनुभएको थियो । राईले २० हजार ७४७ तथा केसीले १७ हजार २९४ मत प्राप्त गर्नुभएको थियो । त्यतिबेला एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो । अहिले भने कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ । कांग्रेसका केसी २०४८, २०५१, २०५६ र २०७० मा चुनावमा विजयी हुनुभएको थियो । उहाँ २०६४ र २०७४ सालको निर्वाचनमा पराजित हुनुभयो ।

सत्ता गठबन्धनबाट प्रदेशसभाका दुवै सिटमा माओवादी केन्द्रका उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा ‘क’ मा गोम्बु शेर्पा तथा प्रदेशसभा ‘ख’ मा शिव बस्नेत उम्मेदवार हुनुहुन्छ । यस्तै एमालेबाट प्रतिनिधिसभामा मानवीर राई उम्मेदवार हुनुहुन्छ । एमालेबाट प्रदेशसभा ‘क’ उत्तमकुमार बस्नेत र प्रदेशसभा ‘ख’ मा वुद्धिकुमार राजभण्डारी उम्मेदवार रहनुभएको छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह चुनावमा कांग्रेसले पाँच पालिका, एमालेले दुई तथा माओवादी केन्द्रले एउटा पालिकामा जित निकालेको थियो । यद्यपि सत्ता गठबन्धन र एमाले दुवैले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएका छन् । सोलुखुम्बुमा आठ स्थानीय तह छन् । कांग्रेसले पाँँच पालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो । कांग्रेसले सोलु दूधकुण्ड नगरपालिकासहित नेचासल्यान, महाकुलुङ, सेताङ र लिखु पिके गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै जितेको थियो ।

एमालेले खुम्बु पासाङल्हामु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा माप्य दूधकोसीमा अध्यक्ष जितेको थियो । माओवादी केन्द्रले घुलुङ दूधकोसी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष तथा माप्य दूधकोसी गाउँपालिकामा उपाध्यक्ष जितेको थियो । कूल ५१ वडा रहेको सोलुखुम्बुमा कांग्रेसले १८ हजार ५३९ मतसहित २३ वडामा वडाध्यक्ष जितेको थियो । एमालेले १६ हजार ५९७ मतसहित १८ वडाध्यक्ष तथा माओवादी केन्द्रले १२ हजार ४२५ मतसहित नाौ वडाध्यक्ष जितेको थियो ।

कूल एक लाख पाँच हजार एक सय १९ जनसङ्ख्या रहेको यस जिल्लामा मतदाता सङ्ख्या भने ८१ हजार पाँच सय दुई रहेको छ । पुरुष मतदाता ४२ हजार एक सय ३३ तथा महिला मतदाता ३९ हजार तीन सय ६९ रहेको छ । सल्लेरी कारागारका ९० कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ४८ कैदीबन्दीले मतदान गर्न पाउने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्र घिमिरेले बताउनुभयो । त्यहाँँ कारगारमै अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

जिल्लाका सबै ठाउँमा मतपत्र पु¥याइसकेको घिमिरेले जानकारी दिनुभयो । खुम्बु पासाङल्हामु गाउँपालिकामा हेलिकप्टरमा तथा अन्यमा सडकमार्ग भएर मतपत्र ढुवानी गरिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समन्वय समितिका प्रमुख अनिल खरेलले निर्वाचनका लागि जिल्लाभर एक हजार आठ सय ५२ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लामा एक सय २२ मतदान स्थल तथा एक सय ३५ मतदान केन्द्र कायम गरिएको छ । रासस