२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवन पुगेर ओलीले भने – दिनेश कोइरालालाई जिताउनुस्



अ+ अ-

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन क्षेत्र नम्बर ३ मा दिनेश कोइरालालाई जिताउन आग्रह गरेका छन् ।

आज चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राजनीति बुझेको र लोकतान्त्रिक चरित्रको भएको कोइरालालाई जिताउन आग्रह गरेका हुन् ।

ओलीले भने, ‘दिनेशजी लोकतान्त्रिक चरित्रको मान्छे हो । राजनीति बुझेको मान्छे हो । नारायणीको तिरमा माछा चुनाव चिन्ह लिएर उठ्नुभएका कोइरालालाई अत्यधिक मतले जिताउँ ।’

कोइराला कांग्रेसका केन्द्रीय सदस्य थिए । उनले बागी उम्मेदवारी दिएपछि कांग्रेसले ५ वर्षका लागि उनलाई पार्टीबाट निष्कासन गरेको छ । यसअघि एमालेले चितवन ३ मा आफ्नो उम्मेदवारलाई पछि हटाउँदै कोइरालालाई सहयोग गर्ने बताएको थियो ।