२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनले जनता झुक्याउनका लागि मात्रै घोषणापत्र ल्याएः ओली



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनमा आवद्ध दलका चुनावी घोषणापत्रको आलोचना गरेका छन् ।

सोमबार चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धनले जनता झुक्याउनका लागि मात्रै घोषणापत्र ल्याएको टिप्पणी गरेका हुन् ।

यस्तै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनपछि आफ्नो नेतृत्वको सरकार बन्ने दाबी गर्दै ओलीले एमालेले गर्ने काम घोषणापत्रमार्फत प्रष्ट भनिसकेको बताए ।

ओलीले भने, ‘चुनावपछि पनि गठबन्धन रहन्छ रे । सबैले बेग्लाबेग्लै घोषणापत्र ल्याएका छन् । एउटा भन्छ गणतन्त्र नभई हुँदैन अर्को गणतन्त्र सुन्नै मान्दैन ।’

ओलीले देश बनाउने एमालेको घोषणापत्र मात्रै भएको जिकिर समेत गरे । गठबन्धन सरकाले ध्वस्त पारेको अर्थतन्त्रलाई एमालेको नेतृत्वमा सरकार बनेपछि उकास्ने ओलीको भनाई छ ।