७ मंसिर २०८१, शुक्रबार
,
Latest
कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदाता भन्छन्– ‘नेता ज्यू ! नमस्कार गर्न नआउँदा हुन्छ’



अ+ अ-

कर्णाली । आसन्न मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन आउन अब ठीक एक साता बाँकी छ । यस चुनावमा कर्णाली प्रदेशका १० जिल्लाको प्रतिनिधिसभा सदस्यको १२ सिटमा ७६ र प्रदेशसभा सदस्यको २४ सिटका लागि एक सय १६ उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

चुनावको दिन नजिकिँदै गर्दा सबै दलका उम्मेदवारहरु आफ्नो जितका लागि मतदाताका घरदैलो गरिरहेका छन् । उनीहरु त्यसमा मात्र सीमित नभएर धारापँधेरा र खेतबारीसम्म पुगेर मतदातासँग भोट मागिरहेका छन् ।

उम्मेदवारहरु निकै जोशका साथ चुनावी प्रचारप्रसारमा लागे पनि मतदातामा त्यस्तो उत्साह देखिँदैन । विभिन्न दलसम्बद्ध उम्मेदवारले जिल्लाका आकर्षक ठाउँमा आमसभा गरिरहँदा मतदाता खेतबारीमै काम गर्न व्यस्त छन् । यतिबेला धान थन्क्याउन किसान व्यस्त छन् ।

सूचना र प्रविधिको तीव्र विकासले होला, एकदशकदेखि अधिकांश नागरिक विभिन्न सञ्चार माध्यमले प्रवाह गर्ने समाचार र सामाजिक सञ्जालबाटै विभिन्न दल, नेता, व्यक्ति र उनीहरुले गरेका कामका बारेमा सहजै जानकारी राख्दछन् । चुनावका बेला दल तथा उम्मेदवारहरुले सार्वजनिक गर्ने घोषणापत्र, प्रतिबद्धता र दिने आश्वासन कागजमा होइन, उनीहरुले मस्तिष्कमै कैद गरेको पाइन्छ ।

एकातिर नागरिकमा राजनीतिक चेतनास्तर वृद्धि हुँदै जानु अर्कोतिर चुनावका बेला प्रतिबद्धता व्यक्त गर्दै भएभरका आश्वसन दिएर चुनाव जितिसकेपछि सिन्को नभाँच्ने नेताहरुको प्रवृतिप्रति मतदाताहरुको चरम वितृष्णा नै छ । चुनावी नारा, भाषण, आश्वासन दिने संस्कारप्रति उनीहरु राम्रैसँग परिचित भएका छन् ।

व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न कुनै पनि नेतृत्व सही काम नगरेकोप्रति मतदाताको आक्रोश छ । संविधान र सङ्घीय व्यवस्था राम्रो लाग्दा लाग्र्दै त्यसको सही व्यवस्थापन एवं कार्यान्वयन हुन नसकेकाले भुइँ मान्छेहरुका आधारभूत आवश्यकता परिपूर्ति भएका छैनन् । हिजो जितेकाहरुको पाँच वर्षीय अवधि सकिएपछि यो चुनावमा फेरि भोट माग्ने नेताहरु भने घरदैलो गर्दैछन् ।

गठबन्धन दल, नेकपा ९एमाले०, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका सबै दलका उम्मेदवारहरु मतदाता कहाँ पुग्ने गरेका छन् । कर्णालीमा प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका १५ दल यतिबेला चुनावी मैदानमा छन् ।

दलहरुको चुनावी प्रचारशैली विगतभन्दा खासै फरक देखिँदैन । उनीहरुका घोषणापत्र, प्रतिबद्धता र वाचाप्रति मतदाताले विश्वास गर्न छोडेका छन् । भोट माग्नैका लागि मात्र यो समयमा घरदैलो तथा खेतबारीमा पुगी नमस्कार गर्ने उम्मेदवारलाई भने मतदाताहरुले तीतो महसुस गर्ने गरी जवाफ दिएर फर्काउने गरेका छन् ।

पश्चिम सुर्खेतको अत्यन्तै विकट मानिने चौकुने गाउँपालिका तथा पञ्चपुरी नगरपालिकाका मतदाता अमर सारु मगरले घर तथा खेतबारीमा आएर नमस्कार गर्न आउने उम्मेदवारलाई नमस्कार नगरेरै उत्तैबाट फर्कन सुझाव दिनुभएको थियो । उहाँ जस्तै धेरै मतदाताहरु चुनावका बेला आएर नमस्कार गर्ने नेताहरुको नमस्कार खाएर केही नहुने बताउँछन् ।

राप्रपा नेपालबाट सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिनुभएका भीमबहादुर शाहीले मतदातालाई उम्मेदवारप्रति कुनै मतलब नभएको बताउनुभयो । उहाँका अनुसार चुनावलाई मात्र केन्द्रित गरेर घरमा आउने र नमस्कार गर्ने भन्दै आफूजस्ता थुप्रै उम्मेदवारलाई ठाडै अस्वीकार गरेका थिए ।

शाहीले भन्नुभयो, “हामी नमस्कार गर्दै भोट माग्न मतदाताहरुको घरदैलोमा पुग्यौँ तर उहाँहरुले नेताज्यू १ नमस्कार नगर्दा हुन्छ भन्दै ठाडो जवाफ दिनुभयो ।” मत माग्न जाँदा उम्मेदवारप्रति उनीहरुको दृष्टिकोण नै आक्रोशपूर्ण भाव देखिएको उहाँले बताउनुभयो । विगतका उम्मेदवारले गरेका वाचा र प्रतिबद्धता पूरा नगरेपछि अहिले त्यसको सजाय आफूजस्ता नयाँ उम्मेदवारहरुले भोग्नुपरेको उहाँले दुखेसो गर्नुभयो ।

शाहीका अनुसार मतदाताहरुले नयाँ उम्मेदवार जितिसकेपछि त्यही ‘सड्या आलु त हुन्या’ होलान् भनेर प्रतिप्रश्न गर्ने गर्दछन् । सामान्य नागरिकहरु आफ्ना आधारभूत आवश्यक परिपूर्ति गर्ने नेतृत्व भइदिए हुन्थ्यो इच्छा व्यक्त गर्दछन् । राजनीति बुझेका कार्यकर्ताहरु आफ्नै दलबाट पीडित भएको अभिव्यक्ति दिन्छन् ।

उहाँ भन्नुहुन्छ, “मूलतः मतदाताहरु भाषण सुन्नै चाहँदैनन् । उनीहरु काम गर्ने, समाजमा व्याप्त गरिबी र बेरोजगार मुक्त गर्ने नेतृत्व एवं सरकार चाहान्छन् । युवाहरुले स्वदेशमै रोजगारी र स्वतःस्फूर्त काम गर्ने वातावरण भएन भन्ने गुनासो पोख्छन् । गाउँमा मत माग्न जाँदा गुनासोका चाङ भेटिन्छन् । आक्रोशपूर्ण अभिव्यक्ति सुनिन्छन् र पीडैपीडाका कथा भनिन्छन् ।”

तिला गाउँपालिका–४ जुम्लाका स्थानीय निराजन गौतमले आजसम्म चुनावमा जितेर गएका नेताहरु ‘जति जोगी आए पनि कानै चिरिएका’ भने जस्तै हुँदै गएको टिप्पणी गर्नुभयो । “चुनावको बेला नमस्कार गर्नेहरु खास अरु बेला किन गर्दैनन् । यतिबेला मात्र किन गर्छन् रु के त्यो नमस्कारभित्र स्वार्थ लुकेको छ भन्ने कुरामा के आजको मतदाता थोरै पनि ज्ञान राख्दैन र रु” प्रश्न गर्दै उहाँले भन्नुभयो, “उम्मेदवारहरुले आफ्नो स्वार्थपूर्तिका लागि गर्ने नमस्कार स्वीकार गर्न आवश्यक छैन ।” नमस्कार गरेकै आधारमा नेताहरुलाई भोट हाल्छन् भन्ने भ्रम नपाल्नसमेत गौतमले नेताहरुलाई आग्रह गर्नुभयो ।

चुनावका बेला यहाँ आएर माई जिताई दिनुस् भनेर मतदाताहरुसँग अनुनय विनय गर्छन् तर जितिसकेपछि आफ्ना आसेपासेहरुलाई हेर्ने रोगले उनीहरु ग्रसित हुन्छन् र मतदाताको मतदानलाई बेवास्ता गर्छन् ।

‘जित्नुअघि मतदातामुखी, जितेपछि कार्यकर्तामुखी’

नागरिकको बुझाइअनुसार कुनै पनि चुनावले जनताको मर्म, पीडा र समस्या बुझ्ने नेतृत्व चयन हुन सकेन । पुरानाले काम गरेनन् भनेर नयाँलाई जिताइए पनि ती पुरानाभन्दा झनै भ्रष्ट भएको जुम्लाका स्थानीय महिला रन्नसरा सुनारले दुखेसो पोख्नुभयो ।

चुनावका बेला घरमै आएर तपार्इंका समस्या के छन् रु के गर्दिनुपर्ने हो भन्दै भोट माग्छन्”, सुनारले भन्नुभयो, “जितेपछि न हाम्रो नमस्कार सुन्छन् न समस्याको खोजीनीति नै गर्छन् ।” चुनावका बेला मतदातामुखी हुने नेताहरु जितिसकेपछि आफ्ना कार्यकर्ता र आसेपासे पाल्न व्यस्त गरेको उहाँले गुनासो पोख्नुभयो ।

चन्दननाथ नगरपालिका–७ जुम्लाका स्थानीय सम्झना महतले चुनावमा भोट खरिद बिक्री हुने गरेको जनाउनुभयो । विसं २०७९ को स्थानीय तह चुनावमा धेरै मतदाताले रु दुई हजार ५०० सम्म खाएर आफ्नो मत बिक्री गरेको जनाउँदै उहाँले भन्नुभयो, “मतदाताबाट मतदान भएको छैन, बिक्री भइरहेको छ । मत किनेर जितेको नेताले जनताको भावना बुझ्ला भन्ने आश पनि हुने कुरा भएन ।”

‘नीति बनाउँछन्, कार्यान्वयन गर्दैनन्’

कर्णालीका राजनीतिक विश्लेषक पीताम्बर ढकालले नेतृत्वको व्यक्तित्व र चरित्रमाथि प्रश्न राख्ने चेतना विकास नागरिकमा बढ्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव र उम्मेदवारमा मतदाताको रुचि देखिएन । स्वतन्त्र उम्मेदवारप्रति समेत उनीहरुको विश्वास छैन ।”
विश्लेषक ढकालका अनुसार नागरिकमा चेतनाको वृद्धि हुँदै जानुमा यो सूचना र प्रविधि विकासको उपलब्धि हो । चुनाव जित्ने हार्ने आफ्नो ठाउँमा छ । सामाजिक सञ्जालबाटै नेता र नीतिका विषय उनीहरुले खबरदारी राख्न थालेका छन् । जनताको मत लिएर माथि पुग्ने नेतृत्वले नीति बनाएर कार्यान्वयन नगर्दा जनताको मत र उनीहरुको सोच पूरा हुन नसकेको उहाँको भनाइ थियो ।

जनता समाजवादी पार्टीका सुर्खेत क्षेत्र नं २ ९क० गगनबहादुर सारुले मतदाताले नयाँ अनुहार चाहेको बताउनुभयो । ठूला दलहरुले जनताका पक्षमा कहिल्यै काम नगर्दा उनीहरुमा वितृष्णा जागेको र साना दलका उम्मेदवारप्रति आशा पलाएको उहाँले जनाउनुभयो ।

उम्मेदवार घरदैलोमा पुग्दा सुर्खेतमा त्यस्तो उत्साह नदेखिएको भन्दै सारुले भन्नुभयो, “ठूला दलहरुले गरेको कामले जनतामा निराशा र आक्रोश पैदा भएको छ । यसले गर्दा हामीलाई मतदाताका नजिक पुगेर विश्वास दिलाउन र एकपटक काम गर्ने अवसर दिनुस् भन्न पनि अप्ठ्यारो भएको छ ।” मतदाताहरुले उम्मेदवारसँग सद्भाव साटासाट गर्नसमेत नचाहेको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगका अनुसार यो चुनावमा कर्णालीका १० जिल्लामा १० लाख ८५ हजार चार सय तीन मतदाताले मतदानमा भाग लिँदैछन् । यसमा डोल्पामा २२ हजार चार सय ४०, हुम्लामा ३२ हजार आठ सय ५७, मुगुमा ३४ हजार नौ सय ६२, जुम्लामा ६८ हजार तीन सय ४४ र कालीकोटमा ७२ हजार ८० मतदाता छन् ।

त्यस्तै रुकुमपश्चिममा ९२ हजार तीन सय ४७, जाजरकोटमा एक लाख तीन हजार तीन सय ६३, सल्यानमा एक लाख ५७ हजार सात सय एक, दैलेखमा एक लाख ४८ हजार छ सय ७६ र सुर्खेतमा दुई लाख ४३ हजार छ सय १४ जना मतदाता सङ्ख्या रहेको आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ । रासस