६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

किसानको समस्या समाधान गर्नेलाई भोट

किसानको समस्या समाधान गर्नेलाई भोट
अ+ अ-

कमला । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारहरुले घरदैलो अभियानलाई तीव्र बनाएका छन् ।

ती उम्मेदवारले आ–आफ्नो पक्षमा मतदान गर्न विभिन्न माध्यम मार्फतआग्रह गर्दै आएका छन् । सप्तरी निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने महादेवा गाउँपालिकामा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलो कार्यक्रममै व्यस्त छन् ।

अन्य स्थानको तुलनामा महादेवामा अपेक्षाकृतरुपमा विकास नभएको जनाउँदै उम्मदेवारहरुले आफूलाई भोट दिए यस क्षेत्रमा विकासका ठूलाठूला योजना ल्याइदिने आश्वासन बाँड्दै छन् । बाटो निर्माण , सिँचाइका ठूला आयोजना र ठूला अस्पताल निर्माण गरिदिने आश्वासन दिँदै हिँडेका उम्मेदवाले त्यहाँका मतदाताको मन भने आकर्षित गर्न सकिरहेका छैनन् । स्थानीयवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमै मलखाद, बीउबिजन र किसान कार्डसहित युवाका लागि रोजगारीको व्यवस्था हुनुपर्ने अपेक्षा गरेका छन् ।

अन्न भण्डारका रुपमा रहेको महादेवामा समयमा मल, बीउ, किसान कार्ड उपलब्ध गराउने उम्मेदवारलाई चयन गर्ने उनीहरुको भनाइ छ ।

महादेवा गाउँपालिका–२ महादेवाका ७० वर्षीया हरिनन्दन अधिकारीले बर्सेनी मल र बीउका लागि आफूहरुले सास्ती भोग्दै आएको गुनासो गर्नुुहुन्छ । उहाँ अझै पनि सीमावर्ती भारतीय बजार कुनौलीको भर पर्नुपरेको बताउनुहुन्छ । “वडाध्यक्षमा जनमत पार्टीले जितेपछि केही राहात भएको थियो ”, अधिकारी भन्नुहुन्छ ।

विसं २०७४ को निर्वाचनमा यहाँबाट उपेन्द्र यादवलाई जिताएर पठाइयो, उहाँ कृषिमन्त्री पनि बन्नुभयो तर किसानका लागि केही पनि भएन, हामी आफैँ पारी गएर मल र बीउ ल्याउने गछौँ र मेहनत गरेर रोप्छौँ ।”सरकारले गरिब र पीडितका लागि पठाएको राहतसमेत नपाएको गुनासो अधिकारी गर्नुहुन्छ ।

“सरकारले गरिब र विपन्नको राहतका लागि भनेर केही सामान पठाइदिन्छ”, उहाँ भन्नुहुन्छ, “त्यो पनि छानीछानी आफ्नै मान्छे तथा कार्यकर्तालाई बाँड्छन्, हाम्रा लागि कोही छैनन् । त्यसकारण जसले सहजरुपमा मल र बीउबिजन उपलब्ध गराउने प्रतिबद्धता गर्छ उसैलाई आफ्नो भोट दिइन्छ ।”

राजविराज नगरपालिकाको पर्साहीको ७४ वर्षीय कुशेश्वर मण्डल घाँस काटिरहनु भएका बेलामा राससकर्मीले उहाँलाई बुबा यसपाली कस्तो उम्मेदवार छान्नुहुन्छ भने प्रश्नमा उहाँ भन्नुहुन्छ, ‘‘हामी लाउडस्पिकरमा भोट खसाल्छौँ यसभन्दा अगाडि उपेन्द्रलाई भोट दिएर जिताइयो तर एक दिन पनि उनी भेटन आएनन्।’’

“म गर्जेर भन्छु, कसले मलाई के गर्छरु वृद्ध अवस्थामा अहिलेसम्म घाँस काटिरहनु परेको छ , घरमा केही नभएको अवस्थामा पनि कोही पनि आएनन् तर अहिले भन्छन्, छाता छाप, साइकल छाप त गाछी छाप । एक जनालाई हराउनका लागि पाँच पाँच पार्टीले मिलेर लागि परेका मण्डल जोड दिनुहुन्छ ।

राजविराज नगरपालिका–१४ का कलानन्द मण्डल उम्मेदवालाई ठूला विकासे योजनाभन्दा पनि कृषकको समस्यालाई ध्यानमा राखेर एजेण्डा बनाउन सुझाव दिनुहुन्छ । “चुनाव त एक दिनमै सकिन्छ, कृषि भनेको वर्षभरि खानलाई गरिन्छ ।” उहाँ भन्नुहुन्छ, “त्यसकारण सरकारले पनि कृषकका समस्या ध्यानमा राखेर नीति नियम बनाउनुपर्छ ।”

उम्मेदवार अहिले विभिन्न ठूला आश्वासन लिएर आउने गरे पनि कृषकको समस्या दीर्घकालीनरुपमा समाधान हुने गरी जनमत पार्टीले मात्रै आफ्नो घोषणापत्रमा राखेको उहाँ बताउनुहुन्छ । नेपालमै कम मात्रामा मल आउने गरेको बताउँदै उहाँले यसको दीर्घकालीन समाधानका लागि नीतिगतरुपमै निर्णय हुनुपर्ने सुझाव पनि मण्डलको छ ।

राजविराज नगरपालिका, महादेवा गाउँपालिका, छिन्नमस्ता गाउँपालिका र तिलाठी कोइलाडी गाउँपालिकासहित वडा ३७ वटा रहेको यस निर्वाचन क्षेत्रमा ९५ हजार तीन सय ३५ मतदाता छन् ।

यस क्षेत्रमा सत्ता–गठबन्धनबाट लोसपाका जयप्रकाश ठाकुर ,एमाले जसपा गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा सीके राउतलगायत नेताले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । रासस