१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले नेपाललाई दियो २६४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको पहिलो एक दिवसीय खेलमा युएईले नेपाललाई २६४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरको खेलमा ७ विकेटको क्षतिमा २६३ रन बनायो । कीर्तिपुर खेल मैदानमा भएको खेलमा युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाए ।

यस्तै अन्य ब्याटरमा मुहम्मद वासिमले ४४, भृत्य अरविन्दले ४०, आलिशान सराफूले २९ र अहमद राजाले २७ रन बनाए । युएईको पहिलो विकेट १४.२ ओभरमा ७५ रनको स्कोरमा झरेको थियो । युएईका तीन खेलाडी रनआउट भएका थिए ।

बलिङतर्फ नेपालका गुलशन झाले ६ ओभरमा २६ रन दिई २ विकेट लिए । अन्य बलरतर्फ सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक÷एक विकेट लिए । आज बलिङतर्फ प्रमुख बलरहरु करण केसी र सोमपाल कामी महँगो साबित भए । केसीले १० ओभरमा ५९ र कामीले १० ओभरमा ६७ रन दिए ।

नेपालको बलिङ पनि खराब देखियो । अतिरिक्त २७ रन दिएको नेपालले वाइडमा मात्र १६ रन खर्चियो ।

आजको खेलबाट नेपालका तर्फबाट अर्जुन साउद र हरिशंकर साह तथा युएईका तर्फबाट आयान अफजल खान र हजरत बिलालले डेब्यु गरेका हुन् ।

नेपालले युएईसँग यहाँ तीन वटा एकदिवसीय खेल खेल्नेछ । दोस्रो खेल बुधबार र तेस्रो खेल शुक्रबार हुनेछ ।