६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

स्थानीय जनता नेतृत्वमा नपुग्नु नै काँठक्षेत्रको दुर्भाग्य

स्थानीय जनता नेतृत्वमा नपुग्नु नै काँठक्षेत्रको दुर्भाग्य
अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ६अन्तर्गत उत्तरतर्फको झोर र साङ्ला क्षेत्रका जनता प्रभावशाली नेतृत्व नपाउँदा राणाकालमै लरी चलेको काँठक्षेत्र आजसम्म पनि उपेक्षित हुन पुगेको गुनासो गर्छन् । यसपटकको संसदीय निर्वाचनमा काँठ क्षेत्रलाई साँच्चिकै माया गर्ने जनप्रतिनिधि छनोट गर्ने पक्षमा आफूहरुबीच कुराकानी भइरहेको जानकारी दिँदै उत्सुकताका साथ मङ्सिर ४ गतेको निर्वाचन पर्खिरहेको उनीहरु बताउँछन् ।

राणा शासकले यस क्षेत्रबाट घाँस र पानी ढुवानीका लागि बालाजु हँुदै शिवपुरी पहाडको फेदीसम्म ल्याएको बाटो संरक्षणको अभावमा अहिले मासिएको उल्लेख गर्दै काँठवासीले पञ्चायत ढाली ल्याइएको बहुदलीय व्यवस्था र गणतन्त्रमा समेत आफूहरू उपेक्षित हुनु परेकामा दुःख व्यक्त गरेका हुन् । विकास निर्माणका दृष्टिले पछाडि परेको उपत्यकाकै केन्द्रीय भाग रत्नपार्कबाट उत्तर करिब १५ किलोमिटर दूरीमा अवस्थित यो निर्वाचन क्षेत्रअन्तर्गतबको झोर र साङ्लासहित आसपासको क्षेत्रलाई काँठ क्षेत्रका रूपमा लिइन्छ ।

राजनीतिक पार्टीका नेताबाट हरेक निर्वाचनअघि विकास निर्माणसहित काँठ क्षेत्रका जनताको जीवनस्तर सुधार गर्ने आश्वासन प्राप्त हुनेगरेको स्मरण गर्दै अहिलेसम्म ठगिएपनि सचेत काँठका जनता अब कोही कसैको भुलभुलैयामा नपर्ने बताउँछन् । यसअघिका निर्वाचनमा जस्तै मङ्सिर ४ गतेसम्म आश्वासन बाँड्नेक्रम सुरु भएको जानकारी दिँदै अब व्यक्ति, पार्टी एवं विचारभन्दा पनि माथि उठेर काँठ क्षेत्रलाई माया गर्ने उम्मेदवारका पक्षमा मतदान गर्ने उनीहरुको योजना छ ।

काँठ क्षेत्रमा जन्मे हुर्केका व्यक्ति अहिलेसम्म पार्टी नेतृत्व र संसद्मा पुग्न नसक्नु नै यस भेगको दुर्भाग्य भएको उल्लेख गर्दै टोखा नगरपालिका वडा नं १ झोर निवासी बृद्ध सुशील अधिकारी भन्नुहुन्छ, “जहिले पनि सहरका टाठाबाठाले टिकट पाउँछन्, चुनाव तिनैले जित्छन्, आफूअनुकुल बजेट खेलाउँछन् र काँठ क्षेत्रलाई बिर्सन्छन् । भोट हाल्दाहाल्दै हामी नै लौरो टेक्ने अवस्थामा आइपुग्यौंँ, अब त अति भयो, यसपटकको निर्वाचनमा काँठ क्षेत्रलाई माया गर्ने उम्मेदवारलाई भोट हाल्ने गरी सल्लाह गरिरहेका छौंँ ।”

देश र जनताको भाग्यको फैसला गर्ने ऐतिहासिक संसदीय निर्वाचनमा काँठबासीले यसअघिजस्तै उत्साहका साथ भाग लिने विश्वास व्यक्त गर्दै झोर निवासी अर्का बृद्ध तथा अवकाशप्राप्त राष्ट्रसेवक कर्मचारी नारायणबहादुर खत्री भन्नुहुन्छ, “गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, ठूला उद्योग–कलकारखाना र कालोपत्रसहितको चौडा सडक नभएसम्म काँठ क्षेत्रको वास्तविक विकास असम्भव छ । सामाजिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले करिब उस्तै परिस्थिति रहेको समग्र काँठ क्षेत्रको विकास र समृद्धिका पक्षमा मतदान गर्न काँठबासी सबैमा अनुरोध गर्दछु ।”

हामीले भोट हालेका पार्टीका नेताहरू पटक–पटक मन्त्री भए पनि काँठ क्षेत्रले कहिल्यै केही नपाएको गुनासो गर्दै अर्का बृद्ध मोहन लामिछाने यसपटकको संसदीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका पक्षमा मतदान गर्ने कि भनी टोल, छिमेकमा कुराकानी भइरहेको बताउनुहुन्छ ।
झोर निवासी भूतपूर्व सैनिक गोविन्द अधिकारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिए पनि सडकमा माइकिङ गरी हिँड्नेबाहेक जनताको घरदैलोमा उम्मेदवार अझैसम्म नआएकोे, स्थानीय पार्टीका नेता तथा कार्यकर्ताको उत्साहमा कमी देखिएको, चोक तथा दोबाटोमा भेला भई झैझगडा एवं भनाभन गर्नेक्रम न्यून रहेको, निर्वाचनको माहोल सिर्जना नभएकोजस्तो देखिएको र निर्वाचन प्रचारप्रसारका क्रममा यसअघिका जस्तो तडकभडक नदेखिएकामा आश्चर्य प्रकट गर्नुहुन्छ ।

सोही क्षेत्रअन्तर्गतकोे तारकेश्वर नगरपालिका–१ साङ्ला निवासी श्यामकृष्ण कुँवर राजनीतिक पार्टी र तिनका नेताहरूलाई साथ दिँदैै आएको उपत्यकाको काँठक्षेत्र सदैव उपेक्षित हुनुपरेकामा दुःख व्यक्त गर्दै अब आवेगमा नभइ विवेकका आधारमा मतदान गरी काँठप्रेमी जनप्रतिनिधि छान्ने तयारी भइरहेको बताउनुहुन्छ ।

साङ्लाकी विष्णुमाया तामाङ भन्नुहुन्छ, “गाउँटोलमा निर्वाचनको हल्लीखल्ली भए पनि त्यसतर्फ लाग्ने फूर्सद छैन, काम नगरे खान पाइदैन, तर मङ्सिर ४ गतेका दिन भने सबैथोक छोडी मन परेको उम्मेदवारलाई भोट हाल्ने नै हो ।” पीछडिएका झोर तथा साङ्ला र आसपासका क्षेत्रमा रहेका अव्यवस्थित सडक तथा बाटोघाटो व्यवस्थित गर्न र शुद्ध पानी आपूर्ति गर्न प्रतिबद्धता व्यक्त गर्ने उम्मेदवारलाई मतदान गर्न विषयमा छलफल भइरहेको त्यहाँका बासिन्दा बताउँछन् ।

त्यस्तै कृषि, मलखाद, बिउबीजन, विषादी र प्राविधिकको व्यवस्था गर्न, कृषि तथा दुग्धजन्य उत्पादनको बिक्री कक्ष निर्माण गर्न, बेरोजगार स्थानीय युवालाई सीपमूलक तालिमको व्यवस्थासहित रोजगार बनाउन , कुलतमा फसेका युवाको जीवन सुधार गरी भविष्य सुनिश्चित गर्न, प्राविधिक तथा व्यावसायिक शिक्षालय स्थापना गर्न, ठूला लगानीका उद्योग सञ्चालनका लागि लगानी आकर्षित गरी रोजगारी सिर्जना गर्न र गाउँमै पेसा व्यवसायमा गरी खान पाउने व्यवस्था गर्नसक्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा काँठबासी रहेको देखिन्छ ।
उक्त निर्वाचन क्षेत्रमा बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्वमन्त्री भीमसेनदास श्रेष्ठ, नेकपा एमालेको तर्फबाट पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालसहित २४ जना प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । रासस