• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   बजेटले आशा जगाउन सकेन: राजेन्द्र लिङ्देन ★   शान्ति कोष स्थापना गर्न रु एक अर्ब ★   किर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिलाई तिब्रता दिइने ★   सीता दाहाल मेमोरियल कलेज स्थापना गर्ने सरकारको निर्णय ★   सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने ★   आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट आकार १८ खर्ब ६० अर्ब ३० रुपैयाँ-पूर्णपाठ सहित ★   आर्थिक वर्ष २०८१/०८२ को बजेटको ५ प्राथमिकता ★   भौतिक पूर्वाधारमा १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन ★   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ८६ अर्ब २४ करोड ★   सहकारीको सञ्चालकको सम्पती बेचेर भएपनि ५ लाख रुपैयाँ सम्मको वचत फिर्ता गर्ने सरकारको घोषणा

प्रचण्डलाई विशाल पार्टीको सहअध्यक्ष दिँदा पचेन: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विशाल पार्टीको सहअध्यक्ष दिँदा नपचेको टिप्पणी गरेका छन् । कालीकोटको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

 

उनले आफूले प्रतिगमन गर्‍यो भनेर गलत भ्रम फैलाएको र प्रतिगमनको विरुद्ध लड्नुपर्ने बताए । उनले भने, ‘माओवादी केन्द्र र हामी मिलेर साझा चुनावको घोषणापत्र ल्याएका थियौँ । माओवादी आफैँ सकिने बाटोमा थियो । त्यस पार्टीलाई औँलो समाउन दिएर हिँडाएर प्रत्यक्षमा ३६ सीट जिताएका थियौँ । प्रचण्डलाई मैले सहअध्यक्ष बनाएर विशाल पार्टीको नेता बनाए । देश बनाउने शक्ति निर्माण गर्न भनेर पार्टी मिलाएका थियौँ । पार्टीमा मलाई नै अल्पमतमा पर्नेगरी उनीहरूलाई विश्वास गरेँ । तर, धोका भयो ।’

प्रचण्ड सहमतिविपरीत गएर आफ्नो नेतृत्वको सरकार गठन गर्न नदिँन षड्यन्त्र गरेको ओलीको भनाइ थियो ।