• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

ईश्वरलाई भोट माग्दै करिष्मा र आकाश घरदैलोमा



काठमाडौं । नेकपा (एमाले) वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई भोट माग्दै चर्चित अभिनेत्री करिष्मा मानन्धर र चलचित्र निर्देशक तथा निर्माता आकाश अधिकारी पनि घरदैलोमा सहभागी भएका छन् ।

करिष्मा र आकाशले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पोखरेलको चुनावी अभियानमा साथ दिएका हुन् ।

उनीहरु आइतबार बिहान काठमाडौं महानगरपालिका वडा नम्बर ३ बसुन्धारामा पोखरेलको घरदैलोमा सहभागी भएका थिए ।

आफू पनि काठमाडौं क्षेत्र नम्बर ५ को स्थायी बासिन्दा भएको बताउँदै अभिनेत्री मानन्धरले पोखरेलले यस क्षेत्रको विकासका लागि धेरै काम गरेको र जनताको माझमा भिजेको बताइन् । काठमाडौं क्षेत्र नम्बर ५ मा पोखरेलको विकल्प नभएको उनले बताइन् ।

देश विकासको लक्ष्य लिएर अगाडि बढेको एक मात्र पार्टी एमाले रहेको भन्दै अभिनेत्री मानन्धरले एमालेले जिते मात्रै देशले काँचुली फेर्न सम्भव रहेको प्रतिक्रिया दिइन ।

‘नेपाली जनताले विकास के हो भन्ने कुरा राम्रो अनुभुति गर्न नपाएको बेलामा केपी शर्मा ओलीको नेतृत्वमा एमालेले जनतामा विकासको अनुभुति गराउन सफल भयो । त्यसैले यो पटकको भोट एमालेलाई’– अभिनेत्री मानन्धरले भनिन् ।

घरदैलोका क्रममा वडा नम्बर ३ का जनताले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई स्वागत गर्दै जितको शुभकामना दिएका थिए । जनताको सद्भाव र विश्वासप्रति आफू नतमस्तक रहेको भन्दै पोखरेलले सदैव जनताको सुख दुख र विकासमा आफू सँधै साथमा रहने प्रतिबद्धता व्यक्त गरे । काठमाडौं क्षेत्र नम्बर ५ को प्रतिनिधिसभामा पोखरेल तथा प्रदेशसभा ५ (१) मा नारायण सिलवाल र ५ (२) मा दीपक निरौला उम्मेदवार छन् ।

<iframe src=”https://www.facebook.com/plugins/video.php?height=314&href=https%3A%2F%2Fwww.facebook.com%2Fnewspolar%2Fvideos%2F797777384617282%2F&show_text=false&width=560&t=0″ width=”560″ height=”314″ style=”border:none;overflow:hidden” scrolling=”no” frameborder=”0″ allowfullscreen=”true” allow=”autoplay; clipboard-write; encrypted-media; picture-in-picture; web-share” allowFullScreen=”true”></iframe>