३ पुष २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई दोस्रो सफलता, कमलले लिए दुई विकेट



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट ए अन्तर्गत नेपाल र क्यानडाबीचको खेल जारी छ । 

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस हारेर नेपालले पहिले बलिङ गरिरहेको छ । 

नेपालका लागि कमल ऐरीले दुई विकेट लिएका हुन् ।

उनले क्यानडाका म्याथ्यु स्पुर्सको पहिलो र नवनीत धलिवालको विकेट लिएका हुन् । स्पुर्स ३ बल खेल्दै शून्य रनमा आउट भए भने 
नवनीत १४ बलमा १८ रन बनाएर आउट भए । 

यो समाचार तयार पार्दासम्म क्यानडाले ५.१ ओभरमा २ विकेटको क्षतिमा ३७ रन जोडेको छ ।