२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीहरुलाई प्रकाशमानको आश्वासन– तपाईंहरुलाई चित्त बुझ्ने गरी समस्या समाधान गर्छु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं १ को सुकुम्बासी समस्या समाधान गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारसमेत रहनुभएका नेता सिंहले सुकुम्बासी समस्या समाधानका लागि भूमि आयोग बनेको र त्यसले दिने प्रतिवेदनका आधारमा समस्याको समाधान निकाल्ने बताउनुभयो ।

उहाँका अनुसार भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले काम रोकिएको हो । आइतबार बिहान थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा आयोजित कार्यक्रममा उहाँले आयोगको प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर स्थायी समाधान निकालिने स्पष्ट गर्नुभयो ।

उहाँले जबरजस्ती नभई भूमिहीनको चित्त बुझाएर मात्र समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।