२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुकुम्बासीहरुलाई प्रकाशमानको आश्वासन– तपाईंहरुलाई चित्त बुझ्ने गरी समस्या समाधान गर्छु



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं १ को सुकुम्बासी समस्या समाधान गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारसमेत रहनुभएका नेता सिंहले सुकुम्बासी समस्या समाधानका लागि भूमि आयोग बनेको र त्यसले दिने प्रतिवेदनका आधारमा समस्याको समाधान निकाल्ने बताउनुभयो ।

उहाँका अनुसार भूमि आयोगले काम सुरु गरिसकेको छ । निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले काम रोकिएको हो । आइतबार बिहान थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा आयोजित कार्यक्रममा उहाँले आयोगको प्रतिवेदन आइसकेपछि त्यसको अध्ययन गरेर स्थायी समाधान निकालिने स्पष्ट गर्नुभयो ।

उहाँले जबरजस्ती नभई भूमिहीनको चित्त बुझाएर मात्र समस्या समाधान गरिने उल्लेख गर्नुभयो ।