• २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
  •   Unicode
Logo
Latest
★   सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ: प्रधानमन्त्री ★   सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा ★   सन्दीपको मुद्दा न्यायाधीशद्वय निरौला र ढुंगेलको इजलासमा, पहिलो नम्बरमै पालो ★   एक सयको नोटमा चुच्चे नक्सा राख्ने नेपालको निर्णयमा भारतको असन्तुष्टि ★   आईपीएलमा आज डबल हेडर: पञ्जाब र चेन्नई तथा लखनउ र कोलकाता भिड्दै ★   बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित ★   एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित ★   मुहान सुकेपछि खानेपानीका लागि ट्याङ्करमा निर्भर ★   ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते ★   गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै

इजिप्टमा मिनीबस दुर्घटना हुँदा १९ जनाको मृत्यु



एजेन्सी । उत्तरी इजिप्टको नाइल डेल्टामा शनिबार मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मिनिबस डाकाहलिया प्रान्तको नहरमा खसेको मन्त्रालयले जनाएको छ ।

घटनास्थलमा रहेका एएफपीका एक फोटोग्राफरका अनुसार गाडी पूर्णरूपमा क्षतिग्रस्त भएको छ र झ्यालहरू पनि फुटेका र कुच्चिएका छन् ।

इजिप्टका सञ्चार माध्यमले स्टेरिङ ह्वीलमा खराबी आएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानपछि बताइएको छ ।

कमजोर सडक सञ्जाल, प्रायः पूराना र मर्मत सम्भार नगरिएका सवारी साधन ड्राइभिङ नियमहरूको उल्लङ्घनका कारण हुने सवारी दुर्घटनालाई इजिप्टमा सामान्य मानिन्छ ।

सन् २०२१ मा अरब विश्वको सबैभन्दा बढी घना जनसङ्ख्या भएको यो देशको सडकमा करिब सात हजार मानिसको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

गत जुलाईमा मध्य इजिप्टमा एउटा बस सडक छेउमा रोकिराखेको ट्रकमा ठोक्किँदा २५ जनाको मृत्यु भएको थियो भने ३५ जना घाइते भएका थिए ।