२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतको भन्दा ठूलो मतान्तरले विजयी हुन्छुः विष्णु पौडेल



file
अ+ अ-

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गर्नुभएको छ ।

शनिवार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गर्नुभयो । उहाँले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गर्नुभयो । उहाँले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेकपा एमालेले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा ठूलो जित दर्ता गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मतदाताहरुबाट हामीलाई असाधारण साथ सहयोगको प्रतिवद्धता दिनुभएको छ । मैले विगतका निर्वाचनहरुसँग तुलना गर्दा यस किसिमको समर्थन हामीले बिरलै पाउने गथ्र्यौं । त्यो तहको समर्थन हामीलाई प्राप्त छ । हामी यो जिल्लालाई विकासको नमूना बनाउन भौतिक, मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउन, एउटा सशक्त आर्थिक केन्द्र बनाउन र पूर्वाधार विकासका साथसाथै मानविय विकासका दृष्टिकोणले यो निर्वाचन क्षेत्र र यो जिल्लालाई नमूना बनाउन त्यो अठोट, संकल्पका साथमा यो निर्वाचनमा सहभागी छौँ । हामीले जनताको अपार समर्थन प्राप्त भइरहेको देखिरहेका छौँ । यो समर्थन, सद्भावकाप्रति नतमस्तक भएर मतदाता महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ । विगतका कुनैपनि मतान्तर भन्दा फराकिलो मतान्तरमा यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा शानदार ढंगले हामी जित दर्ता गर्नेछौँ ।’

रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जत्नैपर्ने बताउनु भयो । चुनाव नजिकँद गर्दा पछिल्लो समय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले चुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन् ।