१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतको भन्दा ठूलो मतान्तरले विजयी हुन्छुः विष्णु पौडेल



file
अ+ अ-

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने दाबी गर्नुभएको छ ।

शनिवार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गर्नुभयो । उहाँले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताउनु भयो ।

उपाध्यक्ष पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गर्नुभयो । उहाँले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेकपा एमालेले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा ठूलो जित दर्ता गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मतदाताहरुबाट हामीलाई असाधारण साथ सहयोगको प्रतिवद्धता दिनुभएको छ । मैले विगतका निर्वाचनहरुसँग तुलना गर्दा यस किसिमको समर्थन हामीले बिरलै पाउने गथ्र्यौं । त्यो तहको समर्थन हामीलाई प्राप्त छ । हामी यो जिल्लालाई विकासको नमूना बनाउन भौतिक, मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउन, एउटा सशक्त आर्थिक केन्द्र बनाउन र पूर्वाधार विकासका साथसाथै मानविय विकासका दृष्टिकोणले यो निर्वाचन क्षेत्र र यो जिल्लालाई नमूना बनाउन त्यो अठोट, संकल्पका साथमा यो निर्वाचनमा सहभागी छौँ । हामीले जनताको अपार समर्थन प्राप्त भइरहेको देखिरहेका छौँ । यो समर्थन, सद्भावकाप्रति नतमस्तक भएर मतदाता महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ । विगतका कुनैपनि मतान्तर भन्दा फराकिलो मतान्तरमा यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा शानदार ढंगले हामी जित दर्ता गर्नेछौँ ।’

रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जत्नैपर्ने बताउनु भयो । चुनाव नजिकँद गर्दा पछिल्लो समय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले चुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन् ।