११ असार २०८३, बिहीबार
,
Latest
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री मौन महामारी: भीड छ तर हरेक मान्छे एक्लो छ देशभर १० हजारभन्दा बढी एन्टि–रेबिज खोप मौज्दात, थप ४,५०० भायल आउँदै विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं १ का मतदाताहरुको घाउ निको पार्न मैले जित्नैपर्छः किरण पौडेल



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता किरण पौडेलले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का जनताको हरेक समस्या समाधान गर्न नेकपा एमालेले जित्नैपर्ने बताउनुभएको छ ।

शनिवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आसन्न निर्वाचनबाट आफू विजयी बनेपछि निर्वाचन क्षेत्रका जनताको हरेक समस्या समाधान गर्ने काममा तल्लिन रहने बताउनु भयो ।

उहाँले अहिलेका जनप्रतिनिधिहरु ५ वर्षसम्म के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुराको महशुससमेत जनताले गर्न नपाएको भन्दै आगामी दिनमा आफूले जितेपछि हरेक बिहान निर्वाचन क्षेत्रका जनताको समस्या समाधान गर्ने र गुनासो सुन्ने बताउनु भयो । उहाँले जनताको गुनासो सुन्नका लागि आफूले जनतासँग जनप्रतिनिधि भन्ने अभियान सञ्चालन गर्नेपनि बताउनु भयो ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा उम्मेदवार रहनुभएका नेता पौडेलले काठमाडौं १ का जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गर्न नपाएको गुनासो गरेको बताउनु भयो । उहाँले आसन्न निर्वाचनको जितसँगै काठमाडौं १ का मतदाताहरुको चर्किरहेको घाउलाई निको पारेर जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने र शिक्षा, स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा नेकपा एमाले रहेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो क्षेत्रका जनताले आफ्नो प्रतिनिधि कोही भएको महशुस गरिरहनुभएको छैन । आफूले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि कहाँ छन् के गर्दैछन्, कसका निम्ति हिँड्दैछन् भन्नेकुरा यहाँका मतदाताहरुले अनुभव गरिरहनुभएको छ । त्यसले गर्दा १५ वर्षदेखि यहाँका मतदाताहरुको मनमा चर्किरहेको घाउलाई निको पारेर अबको निर्वाचनपछि ५ वर्षसम्मको निम्ति जनताका चासो, सरोकारका विषयमा आफू प्रत्यक्ष जोडिएर समाधान गर्ने, शिक्षा स्वास्थ्यका समस्याहरुको समाधान गर्ने पक्षमा हामी छौँ ।

पुरानो पुस्ताबाट यो सम्भव छैन भन्नेकुरा जनताले महशुस गर्नुभएको छ । जनताले परिवर्तन खोज्नुभएको छ । यहाँ आउनुभएका प्रतिष्पर्धीमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा मतदाताले मलाई हेरिरहनुभएको छ । चुनाव जितेपछि ५ वर्ष हराउँछौ भन्ने मतदाताको गुनासो छ । अब निर्वाचित भएपछि हाम्रो घरदैलो शुरु हुन्छ । निर्वाचनपछि कम्तिमा २ घण्टा हरेक बस्तीमा गएर जनतासँग जनप्रतिनिधि भन्ने अभियान चलाउँछौँ ।’

नेता पौडेलले काठमाडौं १ का मतदाताहरुले निर्वाचन क्षेत्रका अन्य प्रतिष्पर्धीहरुमध्ये सबैभन्दा उपयुक्त पात्रको रुपमा आफूलाई हेरिरहेको दाबीसमेत गर्नुभयो ।