२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा चितवनमा



अ+ अ-

चितवन । लोकतान्त्रिक–वाम गठबन्धनले आज यहाँ आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुग्नुभएको छ । उहाँ हेलिकोप्टरबाट भरतपुर विमानस्थलमा आइपुग्नुभएको हो ।

प्रधानमन्त्री देउवा त्यहाँबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जानुहुनेछ । गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो । समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास जानुहुने भएको हो ।

त्यहाँबाट गैँडाकोटका सामाजिक र राजनीतिक व्यक्तित्व स्व तिलक सापकोटाको निवास पुग्नुहुने छ । सापकोटाको यही कात्तिक २३ गते निधन भएकामा परिवारजनमा समवेदना प्रकट गर्न उहाँ गैँडाकोट जान लाग्नुभएको हो । त्यहाँबाट फर्किएर भरतपुरस्थित गेस्टहाउस चौरमा हुने सभालाई उहाँले सम्बोधन गर्दै हुनुहुन्छ ।

सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का उपाध्यक्ष केशवलाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीलगायतका नेताले सम्बोधन गर्नुहुने माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । कार्यक्रमपछि आजै प्रधानमन्त्री देउवासहित शीर्षनेताहरू फर्कने कार्यक्रम रहेको छ ।