१३ भाद्र २०८३, शनिबार
,
Latest
राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेयर हर्क साम्पाङले एमाले अध्यक्ष ओलीलाई ‘हाउडे’ भनेपछि…



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ‘हाउडे’को संज्ञा दिएका छन् ।

शुक्रवार एमालेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेकपा एमालेले धरानमा कोशीको पानी ल्याउने बताएको प्रसङ्गलाई लिएर साम्पाङले सामाजिक सञ्जालमार्फत ओलीको अभिव्यक्तिलाई कटाक्ष गरेका हुन् ।

र्हकले ओली बोलेको भाषणको स्क्रिनसट सेयर गर्दै ओलीले कोशीको पानी धरानमा ल्याउने भनेर गफ दिएको र आफूले नै कोशीको पानी ल्याउने उल्लेख गरेका छन् ।

‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ’, उनले लेखेका छन्, ‘म ल्याउँछु पानी कोशीको ! धेरै चुनौती नदिँदा हुन्छ हाउडेले ।’

अध्यक्ष ओलीले भनेका थिए ‘धरानको खानेपानी र विकास निर्माणका लागि राष्ट्रिय योजना, राष्ट्रिय बजेट चाहिन्छ, त्यसका लागि एमालेको सरकार चाहिन्छ, ‘पम्पिङ गरेर कोशीबाट पानी ल्याएर एमालेले खुवाउँछ, तपाईंहरु ढुक्क हुनुहोस्, नगरको बजेटले सम्भावना छैन, मंसिर ४ पछि आयोजना सुरु गर्ने छौं, काम सुरु गर्ने छौं, स्थायी ढङ्गले पानीको समस्या समाधान गर्छौं, छेउमै कोशी बग्छ, धरान कसरी काकाकूल हुनसक्छ ?’

 




भर्खरै