१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित अभिनेत्री मनिषा कोइराला राप्रपाको चुनावी सभामा सहभागी



अ+ अ-

काठमाडौँ । चर्चित अभिनेत्री मनिषा कोइराला काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा पनि सहभागी हुनु भएको छ ।

शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजित सो पार्टीको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सभामा सहभागी हुनु भएको हो ।

बलिउडमा ख्याती कमाउनु भएकी अभिनेत्री कोइराला अहिले भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथमा सो कार्यक्रममा सहभागी हुनु भएको छ । नेपाली काँग्रेसका संस्थापक एवम् नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाकी नातिनी अभिनेत्री कोइरालालाई कार्यक्रममा सहभागी हुँदा ताली बजाएर भव्य स्वागत गरिएको छ ।

उहाँले सभालाई सम्बोधन गर्दै हुनुहुन्छ । यस अघि आजै अभिनेत्री कोइरालाले पोखरामा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै विपी विचार बोकेकाले राप्रपालाई आफूले रोजेको बताउनु भएको थियो ।