२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा निर्वाचन सामग्री तयार पार्ने र सिल गर्ने काम अन्तिम चरणमा



file
अ+ अ-

बैतडी । मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा तयारी तीव्र पारिएको छ । निर्वाचनको मिति नजिकिएसँगै तयारी पनि तीव्र पारिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलले जानकारी दिनुभयो ।

जिल्लाका १० वटै स्थानीय तहका मतदान केन्द्रमा चाहिने मतपत्र र निर्वाचन सामग्री यसअघि नै जिल्ला पुगिसकेका छन् । प्रत्येक मतदान केन्द्रमा पठाउने मतपत्र र निर्वाचन सामग्री तयार पार्ने र सिल गर्नेलगायत कार्य अन्तिम चरणमा पुगेको छ ।

मङ्सिर २६ गतेदेखि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएको छ । प्रत्यक्ष र समानुपातिकको मतपत्र आइपुगेको र मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिमदिएसँगै उनीहरूलाई मतपत्र र निर्वाचन सामग्री पनि दिइने उहाँले बताउनुभयो । निर्वाचन अधिकारी फुयाँलले भन्नुभयो, “निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा पठाइने मतपत्र र निर्वाचनका लागि आवश्यक सामग्री कर्मचारीलाई तालिमपछि हस्तान्तरण गर्ने तयारीमा छौँ ।”

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्वक सम्पन्न गर्न आचारसंहिता पालना गर्न आग्रह गरिएको छ । यसका साथै जिल्ला सुरक्षा समितिले मतदानस्थल र मतदान केन्द्र अनुगमनसमेत गरिसकेको छ ।

मतदान केन्द्रको अवस्था, बाटोघाटोको अवस्था र सुरक्षा स्थितिलाई ध्यान दिइएर मतदानस्थलमा अनुगमन गरिएको पमुुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । निर्वाचनलाई भयरहित र निष्पक्षरुपमा सम्पन्न गर्न सुरक्षा योजना तयार गरिएकाले ढुक्क भएर निर्वाचन गर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । सबै स्थानीय तहमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली पुगिसकेको जनाइएको छ ।

जिल्लामा एक सय २९ मतदानस्थल, दुई सय १०मतदान केन्द्र र एउटा अस्थायी मतदान केन्द्र तोकिएको छ । निर्वाचनमा एक हजार छ सय ८४ कर्मचारी परिचालन गरिने भएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिने भएको हो । पाँच सयसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, चार सहायक कर्मचारी, तीन स्वयंसेवक र एक कार्यालय सहयोगी खटिनेछन् ।

एक हजारसम्म मतदाता भएको केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, पाँच सहायक कर्मचारी, चार स्वयंसेवक र एक कार्यालय सहयोगी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतपत्र बदर हुन नदिन स्थानीय पालिकामा नमूना मतदान कार्य र समुदायरस्तरमै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ । आसन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर एक मतदाताले चार मतपत्रमा मतदान गर्नुपर्नेछ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न एवं आचारसंहितालाई कडाइका साथ पालना गराउन यहाँ निर्वाचनको अन्तिम मतपरिणाम नआउँदासम्म मदिराको कारोबार, ओसारपसार र सेवन पूर्णरुपमा निषेध गरिएको छ ।

मदिराका कारण निर्वाचनका समयमा शान्तिसुरक्षा खलल पुग्नेसक्ने भएकाले जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार अन्तिम मतपरिणाम नआउँदासम्म मदिराको बिक्रीवितरण र सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कसैले सूचनाको अवज्ञा गरेर मदिराको कारोबार र सेवन गरेको पाइएमा कानुनअनुसार कारवाही हुने प्रशासनले जनाएको छ । प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र र प्रदेशसभाका दुई निर्वाचन क्षेत्र तोकिएको बैतडीमा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् ।

एक सिटका लागि ११ जना प्रतिस्पर्धामा

प्रतिनिधिसभाका लागि एकमात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा ११ जना चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये लोकतान्त्रिक वाम–गठबन्धन र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले पनि चुनाव जित्ने जिकिर गरिरहेका छन् ।

जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा ९माओवादी केन्द्र०का पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर ९विजयसुन्दर० चुनावी मैदानमा हुनुहुन्छ भने यस्तै नेकपा ९एमाले०का तर्फबाट प्रदेश कमिटी अध्यक्ष दामोदर भण्डारी र स्वतन्त्रबाट नेपाली कांग्रेसका नेता केशवबहादुर चन्द पनि प्रतिस्पर्धी बन्नुभएको छ

राप्रपाबाट देवबहादुर चन्द, स्वतन्त्रबाट त्रिलोकबहादुर चन्द, नेश्नलिष्ट पिपल्स पार्टीबाट कृष्णबहादुर चन्द, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशचन्द्र भट्ट, नेपाल मजदुर किसान पार्टीबाट कृष्णप्रसाद गोसाइँ, जनता समाजवादी पार्टीबाट आनसिंह भण्डारी र स्वतन्त्रबाट मानसिंह विष्ट चुनावी मैदानमा हुनुहुन्छ ।

यसैबीच प्रदेशसभा क्षेत्र नं १ का लागि गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर विष्ट, नेकपा एमालेका सुरेन्द्र पाल, राप्रपा नेपालका कृष्णा पन्त, नेकपा एकीकृत समाजवादीका नरेन्द्र विष्ट, राप्रपाका रणबहादुर विष्ट र स्वतन्त्रबाट नेपाली कांग्रेसका हरिमोहन भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । प्रदेशसभा क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिवराज भट्ट, नेकपा एमालेका लीलाधर भट्ट, राप्रपा नेपालका प्रेमबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीकी रेवती बोहरा र राप्रपाका नारायणदत्त जोशी प्रतिस्पर्धामा हुनुहुन्छ । हाल उम्मेदवारले प्रचारप्रसारमा तीव्रता दिएका छन् ।

उम्मेदवारी धेरैले दिएको भए पनि यहाँ मुख्य प्रतिस्पर्धा भने एमाले र सत्ता–गठबन्धनबीच हुने अनुमान गरिएको छ । रासस