१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संघीयता देशका लागि घाँडो हो, चाँडै खारेज गर्नुपर्छः रवीन्द्र मिश्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँको वसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशका लागि संघीयता घाँडो भएकाले चाँडै खारेज गर्नुपर्ने अभिव्यक्ति दिएका हुन् ।

उनले भने, ‘संघीयताका बारेमा त मैले भन्ने गरेकै छु, संघीय देशमा आर्थिक रुपमा, सामाजिक रुपमा भूराजनीतिक रुपमा देशको अखण्डताको लागि घाँडो हो, सकभर छिटो खारेज गर्नुपर्छ ।,’

यस्तै, मिश्रले भ्रष्टाचार नियन्त्रण भएर सुशासन कायम गर्न सक्ने बाह्य लगानी आउने समेत बताए ।

फरक प्रसंगमा मिश्रले नेपाली कांग्रेसका नेता गणेशमान सिंहको राजनीतिक उत्तराधिकारी आफू भएको दाबी समेत गरे ।

‘कांग्रेस गणेशमानजीको सुपुत्र आज प्रकाशमान जी आज मेरो १५ वर्ष सांसद भएपछि मेरो प्रतिस्पर्धी हुनुभएको छ। मलाई यहाँ उभिएर दाबी गर्न अप्ठ्यारो छैन। गणेशमानजीका सुपुत्र प्रकाशमान जी रगतले उहाँको उत्तराधिकारी हुनुहुन्छ ।’ उनले भने ‘राजनीतिक रूपमा यो देशको लागि संवैधानिक राजसंस्था र यो देशलाई शिरमा राखेर दृढताको साथ अघि बढ्ने राजनीतिक उत्तराधिकारी म हुँ ।’