६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

फाल्गुनन्द जन्मयन्ती विषेश: समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द को हुन् ?

फाल्गुनन्द जन्मयन्ती विषेश: समाज सुधारक तथा राष्ट्रिय विभूति फाल्गुनन्द को हुन् ?
अ+ अ-

फुङ्लिङ । “माङ निङवारे माङ आबोङ, हाङ निङवारे हाङ आबोङ, योक निङवारे आमेक्लो” (भगवान्को सोच लियौँ भने भगवान हुइन्छ । राम्रो सोचले राम्रो मन्छे हुइन्छ । नराम्रो सोचले आफैँ सकिन्छांँ) विचार दर्शन दिने दार्शनिक किराँत धर्मदर्शनका गुरु, महान् समाज सुधारक तथा नेपालको राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देन जन्मिएको एक सय ३७ वर्ष पूरा भई कात्तिक २५ गतेबाट एक सय ३८ वर्षमा प्रवेश गर्दैछ ।

तत्कालीन समयमा लोपोन्मुख अवस्थामा पुगेको किराँत धर्मदर्शन, भाषा, लिपि, संस्कार र संस्कृतिलाई पुनःउत्थान गर्न र कुरीति कुसंस्कारमा रमाइरहेका किराँत समुदायलाई मार्गदर्शनमा डो¥याउन फाल्गुनन्द लिङ्देनको किराँत समुदायमा जन्म भएको थियो । सत्आहार, सत्विहार र सत्कर्म गर्नु भनी उपदेश दिनुहुने महागुरु फाल्गुनन्दको सत्य, शान्ति र अहिंसावादी दर्शनलाई पछिल्लो समय विश्वमा अनुसरण गर्न थालिएको छ । उहाँ सत्य, शान्ति र अहिंसाका सूत्रधारको रूपमा सबैमा पुज्य हुनुभएको छ । किराँत धर्मावलम्बीहरूले उहाँलाई मुहिङगुम अङसीमाङको रूपमा आस्था र श्रद्धा पोख्ने गर्दछन् ।

महागुरुले समाज सुधारका लागि विसं १९८८ वैशाख २४ गते पान्थरको लब्रेकुटीमा तत्कालीन लिम्बूवानवासी गन्यमान्य सुब्बा, सुवाङगी, कारवारी, बुद्धिजीवीहरूलाई भेला बोलाएर सत्य धर्म मुचुल्का निर्माण गर्नुभएको थियो । समाज सुधार अभियानमा आजीवन लाग्नुभएका महागुरुलाई राज्यले जीवनभरि राजद्रोही, देशद्रोही र पूर्व लिम्बूवानको राजा हुन खोजेको आरोप लगाउँदै गिरफ्तार गर्ने र अनेकौँ दुःख, पीडा दिने काम मात्र गरेको थियो तर उहाँको देहावसान भएको ६१ वर्षपछि विसं २०६६ मङ्सिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूतिले सम्मानित गरेको छ ।

फाल्गुनन्दको बाल्यकाल

इलाम जिल्ला माङसेबुङ गाउँपालिका–२ चुक्चीनाम्बा गाउँमा विसं १९४२ कात्तिक २५ गते आइतबार उहाँको जन्म भएको थियो । सामान्य किसान परिवारमा जन्मिएका महागुरु फाल्गुनन्दको बाल्यकालमै आमाको देहावसान भएपछि बुवाले दोस्रो विवाह गर्नुभयो । त्यसपछि सानीआमाको रेखदेखमा हुर्कनुभयो उहाँ । बाल्यकाल गाई–बाख्राको गोठाला गर्दै वनजङ्गल, खोलानाला, डाँडा चहार्दै बित्यो । बाल्यकालमा शान्त, एकान्तप्रेमी, कम बोल्ने स्वभावको हुनुहुन्थ्यो ।

केही वर्ष उहाँ काका–काकीसँग बस्नुभयो । पछि लेछेबुङ बारीमा सानो कटेरो बनाएर अलग्गै बस्न थाल्नुभयो । आर्थिक अवस्था कमजोर भएकाले भ्याकुर र तरुल खनी खाँदै जीविका चलाउन थाल्नुभयो । उहाँ आठ वर्षको हुँदा सुतिरहेको अवस्थामा एक दिव्य पुरुषले इशारा दिएर बोलाएकाले महागुरु आकर्षित भएर जुरुक्क उठेर दिव्य पुरुषको पछिपछि लाग्दा माईखोलामा नुहाउन लगाएको र केही माथि खत्रक्पाको खोल्सीमा लगेर लाम्पातेको रुखको फेदमा उभ्याएर खुट्टानेर छेउको भुइँमा खोस्रेर सिमीको दाना रोपेजस्तो गरेर त्यही बीउ उम्रेर लहरा भई महागुरुलाई चलमल गर्न नसक्ने गरी बाँधेर दिव्य पुरुषले माईखोलातिर औँल्याउँदै, आमासँग माफी माग भनी त्यहीँ अल्पिएर महागुरुको शरीर हल्का भएको र बेरिएको लहरा पनि लोप भएको थियो भनी महागुरुको जीवनीमा उल्लेख गरिएको छ ।

महागुरु फाल्गुनन्द आजीवन ब्रम्हचारी भएर बस्नु भयो । महागुरु फाल्गुनन्द महिलाको वेषभूषा र गरगहनामा सजिएर हिँड्नुहुन्थ्यो । कम बोल्ने, मसिनो स्वर भएका उहाँ शाकाहारी भोजन ग्रहण गर्ने सधैँ हिँडिरहने, ज्ञान गुणका कुरा बाँडिरहने फाल्गुनन्दले आजीवन सादा जीवन व्यतित गर्नुभएको थियो । उहाँले प्रयोग गर्नुभएको खराउको चप्पल, महागुरुको केश, चिम्टा, त्रिशूल र खुर्मीहरू महागुरुकालीन माङहिमहरूमा अहिले पनि सुरक्षित रहेको छ ।

महागुरुको उपनाम

महागुरु फाल्गुनन्दको न्वारनको नाम नरधोज राखिएको थियो । तर पनि नानीहरु जन्मिँदै मरेकाले महागुरुको जन्म भएपछि जीवनरक्षाका लागि फलामको चुरा लगाइदिँदा दीर्घायु हुन्छन् भन्ने जनविश्वास भएकाले महागुरुलाई फलामको चुरा लगाइदियो । यसले गर्दा उहाँको बोलाउने नाम फलामसिं हुन गयो ।

महागुरुले लिम्बूवानवासीलाई एकैठाउँमा भेला गरेर तत्कालीन किराँत समाजमा रहेको विकृति, विसङ्गतिलाई हटाउने उद्देश्यले १० लिम्बूवान १७ थुमका किराँत समुदायलाई विसं १९८८ वैशाख २४ गते भेला गराएर सात बुँदे सत्यधर्म मुचुल्का पारित गर्नुभयो । महागुरुलाई ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, फलामसिं र मुहिङगुम अङसीमाङ, राष्ट्रिय विभूति उपनामले समेत चिनिनुभएको छ ।

फाल्गुनन्दले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा अवस्थित कुम्भकर्ण हिमशृङ्खला किराँत धर्मावलम्बीको तीर्थभूमि, मुक्तिभूमि तीर्थस्थलको रूपमा सेन्चेइ फक्ताङलुङ ९कुम्भकर्ण हिमशृङ्खला०मा सर्वप्रथम १९९३ सालमा उहाँले तीर्थयात्रा गरेर ढोका खुला गरिदिनुभएको छ । पहिलो फक्ताङलुङको यात्रामा महागुरुले फक्ताङलुङको फेदीमा पुगेर ठूलो सेवा लगाएर फर्किनुभएको उहाँको जीवनीमा उल्लेख छ । विसं १९९५ मा फक्ताङलुङ जाँदा पारुङतेम्बेमा धर्मशालासमेत निर्माण गर्नुभएको थियो ।

किराँत माङहिम निर्माण

लिङ्देन महागुरु फाल्गुनन्दले विभिन्न थुम थुममा ९विभिन्न जिल्ला०हरू मामाङहिम ९किराँत मन्दिर०हरू निर्माण गर्नुभएको छ । विसं १९८५ मा पान्थरको चोकमागु–३ मा लब्रेकुटी–८ जिल्ला माङहिम स्थापना गर्नुभयो । किराँत साङसेन वरक चोत्लुङ माङहिम र १९८८ सालमा सत्रथुम गोश्वारी युमा माङहिम लोब्रेकुटीमै निर्माण गर्नुभयो ।

विसं १९८६ मा इलामको चुक्चीनाम्बा गैरीगाउँ इभाङमा किराँतेश्वर हाङसाम माङहिम ९किराँत हाङसाम फाल्गुनन्द माङहिम० र १९९७ सालमा ताप्लेजुङमा किराँत हाङसाम माङहिम निगुरा दिन स्थापना गर्नुभएको थियो । त्यसैगरी किराँत नाम्भुनयक माङहिम सिलौटी पाँचथर, काबेली माङहिम साब्लाखु ताप्लेजुङ र किराँत हाङसाम नाम्गेनयक माङहिम जीतपुर इलाममा पनि माङहिम निर्माण गर्नुभएको थियो । विसं १९९५ मा फक्ताङलुङ पारुङतेम्बेमा धर्मशाला र १९९५ सालमा पाँचथर रानीटारमा सिलौटी कुटी स्थापना गर्नुभयो । त्यसैगरी भुटानमा समेत माङहिम निर्माण गर्नुभएको थियो ।

महागुरु फाल्गुनन्द लिङ्देनको महत्वपूर्ण र ऐतिहासिक कार्यको रूपमा रहेको सत्यधर्म मुचुल्का नै उहाँलाई समाज सुधारकको रूपमा परिचित गराई राष्ट्रिय विभूति बनाउने सूत्र बन्यो । लिम्बूवानवासी सबैलाई एकै ठाउँमा भेला गरेर तत्कालीन किराँत समाजमा रहेको कुरीति कुसंस्कारलाई हटाउने उद्देश्यले १० लिम्बू १७ थुमका सुब्बा, कारबारी, गन्यमान्य, बुद्धिजीवी, ठूलाठालुलाई पत्र लेखेर १९८८ वैशाख २४ गते पाँचथरको लब्रेकुटीमा बृहत् भेला गराई महाचुम्लुङको आयोजना गर्नुभएको थियो ।

पाँचथरको यासोक भदौरेका सुब्बा शेरबहादुर लाओती, तेह्रथुम म्याङलुङका सुब्बा काजीमान तुम्बाहाङफे, धनकुटा चौबीसका सुब्बा प्रेमबहादुर माबोहाङलगायत लिम्बूवानका सबै सुब्बा, कारबारी, गन्यमान्य, बुद्धिजीवी, ठूलाठालु सबैको उपस्थितिमा मुचुल्का खडा गरिएको थियो । सो भेलाले किराँत मुन्धुम, भाषा, लिपि, संस्कार, संस्कृतिसम्बन्धी सात बुँदे मुचुल्का तयार गरेको थियो । सो मुचुल्कालाई सत्य धर्म मुचुल्का नामकरण गरिएको थियो । सत्य धर्म मुचुल्काले समाजलाई समानता, अहिंसा, शान्ति र प्रकृति पूजाको दिशामा मार्गनिर्दिष्ट गरेको छ ।

सत्य धर्म मुचुल्काकाले छोरी चेलीको सोतरित नखानु, ९दाइजो० नलिनु, माङसेवा गर्दा, ९पूजापाठ० गर्दा बिहेभोज गर्दा, सुध्याई गर्दा जीवको हत्या नगर्नु, बलिपूजा नगर्न जोड दिएको छ । मृतकलाई पिण्ड चढाउँदा मदमदिरा, मासुको प्रयोग नगर्नु, मृत्यु सुतक बार्नु, वृद्धि सुतकलाई समेत ध्यान दिनु, मदमदिरा, मासु मंस सेवन नगर्नु भनेर शाकाहारी जीवन पद्धतिलाई विशेष जोड दिएको पाइन्छ ।

छोरा र छोरीमा विभेद्को अन्त्य गर्नु, लैङ्गिक, जातीय, वर्गीय विभेद्को अन्त्य गर्नु, मातृभाषाको शिक्षामा जोड दिनु, ठाउँठाउँमा माङहिम र स्कुल निर्माण गर्नु, सादा जीवनशैली अपनाउनु, विचारले उच्च हुनु, उत्पादनशील बन्नु, स्वावलम्बी बन्नु, विश्व शान्ति तथा मानव एकता कायम राख्नुजस्ता समाज सुधारका महत्वपूर्ण बुँदाहरूलाई मुचुल्काले सशक्तरूपमा उठान गरेको छ । लामो समय मुन्धुम मौखिक परम्परामा रहेकोले हराउँदै गएको र मुन्धुमलाई लिपिबद्ध गर्न पनि मुचुल्काले जोड दिएको छ ।

महागुरुको देन

महागुरु फाल्गुनन्दले गलत मार्गमा दौडिरहेको संस्कारलाई दिशावोध गराएर किराँत धर्म दर्शनको रूपमा सतमार्ग, सुसभ्य मार्गको रुपमा किराँतीहरूलाई डो¥याएर साथै साम्जीक मुन्धुमलाई संहिताकरण गरेर किराँत समुदायको निमित्त सुसंस्कृति समाज निर्माण गर्नुभएको थियो । लोपोन्मुख अवस्थामा रहेको किराँत लिपिलाई प्रचार–प्रसार गरी ब्यूँताउनुभएको थियो ।

यसरी नै विश्व शान्ति र मानव एकताको शङ्खघोष गर्दै सत्य, शान्ति र अहिंसाको मार्ग देखाउनुभयो । समाजमा रहेको जातीय, वर्गीय, लैङ्गिक विभेदको अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले सादा जीवनशैली अपनाई सधैँ उत्पादनमुखी, सीपमुखी हुनुपर्ने, परिवर्तन र विकासको लागि, पहिचान र सभ्यताको लागि मातृभाषा शिक्षालाई समेत प्राथमिकता दिई अघि बढ्नुपर्ने कुरामा महागुरुले सदा दिशावोध गराउनुभएको थियो ।

किराँतीहरूको आफ्नो धर्म, भाषा, लिपि, साहित्य, संस्कार संस्कृति लोप हुन लागेको अवस्थामा किराँत सभ्यताको ज्योति बनेर जन्म लिनुभएका महागुरु फाल्गुनन्दले कुरीति र कुसंस्कारको दलदलमा रुमालिएको किराँत समाजलाई सभ्य र सुसंस्कृत बनाउन जीवन नै समर्पण गर्नुभएको थियो । सत्य, शान्ति र अहिंसाका सूत्रधारको रूपमा सबैमाझ पुज्य हुनुभएका फाल्गुनन्दले देश, विदेशका विभिन्न ठाउँमा पुगेर सभ्य समाज निर्माण गर्नमा जीवनपर्यन्त लागिपर्नुभयो ।

फाल्गुनन्द प्रतिमा स्थापना

फाल्गुनन्दको विभिन्न भूभागहरूमा प्रतिमा निर्माण भएको छ । व्यक्तिगतरूपमा विभिन्न ठाउँमा पहिलेदेखि स्थापना हुँदै आएको भए पनि संस्थागतरूपमा सबैभन्दा पहिले एकै दिन झापाको दमकमा र इलामको माङसेबुङस्थित भञ्ज्याङ्मा २०६१ कात्तिक २५ गते महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना भएको थियो । त्यसपछि उहाँकै कर्मभूमि पाँचथरको फिदिम नगरपालिकास्थित चोकमागु लब्रेकुटीमा महागुरुको प्रतिमा निर्माण गरिएको थियो । यसैगरी तेह्रथुमको आठराई संक्रान्ति बजार, झापाको दमक नगरपालिकास्थित बेलडाँगीमा र बुद्ध शान्ति गाउँपालिकास्थित शान्तिनगरमा समेत महागुरुको प्रतिमा निर्माण गरिएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिकास्थित रविबजार र तुम्बेवा, पान्थरको फेदेन, झापाको अर्जनधारा, ताप्लेजुङको धार्मिक तीर्थस्थल पाथीभरा क्षेत्र ९मुक्कुम्लुङ० र मोरङको मिक्लाजुङ गाउँपालिका टाँडीमा पनि उहाँको प्रतिमा स्थापना गरिएको छ । त्यसैगरी मोरङको केराबारी र लेटाङमा साथै सुनसरीको भरौलमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ साँगुस्थित तागेरा निङवाभू कोपीयक माङहिममा र फक्ताङलुङ गाउँपालिकाकै खेजेनिममा पनि महागुरु फाल्गुनन्दको प्रतिमा स्थापना गरिएको छ । फाल्गुनन्दको १३८औँं जन्मजयन्तीको अवसरमा ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा स्थापना गरिएको महागुरु फाल्गुनन्दको शालिक मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा अनावरण हुँदैछ ।

राज्यबाट सम्मान

महागुरु फाल्गुनन्द लिङ्देनलाई राज्यले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ । महागुरु फाल्गुनन्दको नाममा रु १५ को हुलाक टिकट राज्यले सार्वजनिक गरेको छ । महागुरु फाल्गुनन्दको नाममा नेपाली पाठ्यक्रममा संक्षिप्त जीवनीसमेत प्रकाशन गरेको छ भने २०६६ मंसिर १६ गते नेपाल सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । किराँत धार्मिक संस्थाहरूले २०७१ वैशाख २४ गते महागुरुको जन्मजयन्तीलाई किराँत चाडपर्व घोषणा गरेको थियो ।

महागुरुको सम्मानमा हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती पर्व, चैत २२ गते स्मृति दिवस र वैशाख २४ गते समाज सुधार दिवससमेत मनाउने गरिएको छ । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी, रवि जोड्ने सडकखण्डलाई फाल्गुनन्द मार्ग घोषणा गरिएको छ । मुहिङगुम अङसीमाङ लिङ्देन फाल्गुनन्दले २००५ चैत २२ गते सोमबार अपराह्न ६३ वर्षको उमेरमा पाँचथरको सिलौटी मुनि हाङयकमा देहत्याग गर्नुभयो । रासस