२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईवर्षमा कपनको खहरे समाधान गर्न नसके फेरि मत माग्न आउदिनँ– गगन थापा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ क्षेत नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गगन थापाले कपनमा खहरेको समस्या समाधान गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बूढानीलकण्ठको वडा नं १० मा घरदैलो प्रचारका क्रममा उहाँले खहरे समस्या दुई भित्रमा समाधान नगरे फेरि मत माग्न नआउने वाचा गर्नुभयो । “दुई वर्षभित्र यो खहरेको समस्या समाधान गर्न सकिनँ भने अर्कोपटक तपाईंहरुसँग मत माग्न आउँदिन ।”

उहाँले घर अगाडिको ढल र फोहोरमात्रै नभएर मुलुककै अगाडि थुप्रिएको फोहोरलाई सफा गर्ने उद्देश्यसहित मत माग्न आएको बताउनुभयो ।

पानी पर्नेबित्तिकै सामान्यतया काठमाडौँको कपन क्षेत्रमा बाढी आउने गर्दछ । अझ बर्सातको बेला त आउने बाढीले कपनबासीलाई हैरानी नै दिएको छ । दीर्घकालीन समस्या समाधान गर्ने उद्देश्यले कांग्रेस महामन्त्री थापाले ‘धोबीखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुबान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाउनुभएको थियो ।

उहाँको सो प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृतसमेत गरेको छ । बाढी नियन्त्रणका लागि चरण–चरण गरी एक अर्ब २५ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन भइसकेको तर स्थायी समाधान अझै हुन सकेको छैन ।