१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई एक्लो भयो भनेर प्रचार गरेपछि राप्रपा र जसपासँग तालमेल गरेका हौँ– ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमालेलाई एक्लो भयो भनेर प्रचार गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ ।

धरानमा शुक्रबार आयोजित चुनावी कार्यक्रममा उहाँले एमालेलाई एक्लै नरहेको प्रमाणित गर्नका लागि पनि ती दुई पार्टीसँग चुनावी तालमेल गरिएको स्पष्ट गर्नुभयो ।

उहाँले एमालेले विदेशीको इशारामा नचल्ने पार्टीसँग तालमेल गरेको उल्लेख गर्दै भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० ले बारम्बार एमाले एक्लै छ भनेपछि हामी एक्लो छैनौँ भन्ने देखाउन पनि विदेशीको इशारामा नचल्ने पार्टीसँग तालमेल गरेका हौँ ।”

अध्यक्ष ओलीले सत्ता गठबन्धनबाट बाहिरिएपछि जसपासँग सहकार्य गरिएको उल्लेख गर्दै एमालेसँग तालमेल गरेपछि जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्ने दाबी गर्नुभयो ।