• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   टीओआरमा ४ बुँदे सहमति ★   सन्दर्भ गणतन्त्र दिवसः तिम्रा भागवण्डाको राजनीतिमा तिमीलाई भाग चाहिँ कहिले पुग्छ हँ ? ★   पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा ★   दुर्घटनालाई सम्झिँदै ऋषभले भने – आँखा खुल्दा अब बाँच्छु भन्ने लागेको थिएन ★   कर्णाली प्रदेशको बेरुजु चार अर्ब पुग्यो ★   ५–१० रुपैयाँको सपना देखेका रिुंकुको अहिले ५५ लाख तलब ★   ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु ★   भारतीय विमानभित्र बम भएको हल्ला झुटो साबित ★   गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन ★   एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

एमालेलाई एक्लो भयो भनेर प्रचार गरेपछि राप्रपा र जसपासँग तालमेल गरेका हौँ– ओली



काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमालेलाई एक्लो भयो भनेर प्रचार गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ ।

धरानमा शुक्रबार आयोजित चुनावी कार्यक्रममा उहाँले एमालेलाई एक्लै नरहेको प्रमाणित गर्नका लागि पनि ती दुई पार्टीसँग चुनावी तालमेल गरिएको स्पष्ट गर्नुभयो ।

उहाँले एमालेले विदेशीको इशारामा नचल्ने पार्टीसँग तालमेल गरेको उल्लेख गर्दै भन्नुभयो, “नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० ले बारम्बार एमाले एक्लै छ भनेपछि हामी एक्लो छैनौँ भन्ने देखाउन पनि विदेशीको इशारामा नचल्ने पार्टीसँग तालमेल गरेका हौँ ।”

अध्यक्ष ओलीले सत्ता गठबन्धनबाट बाहिरिएपछि जसपासँग सहकार्य गरिएको उल्लेख गर्दै एमालेसँग तालमेल गरेपछि जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्ने दाबी गर्नुभयो ।