६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपाको आधिकारिता गुमाएका महन्थ पक्ष के गर्लान् अब ?



अ+ अ-

काठमाडौं । सर्वोच्चले जसपाको आधिकारिकताको विषयमा अन्तरिम आदेश दिन अस्वीकार गरेकाले महन्थ ठाकुरपक्षले पहिलो विकल्पमा उपेन्द्र यादव पक्षसँगै मिलेर जाने या नयाँ पार्टी गठन गरेर जाने दुई विकल्प रहेको छ ।

निर्वाचन आयोगले जसपाको बहुमत केन्द्रीय कार्यकारिणी सदस्यको आधारमा उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिता दिने निर्णय गरेसँगै महन्थ पक्षलाई नयाँ दल दर्ता गर्ने बाटो खुला गरिदिएको थियो ।

आयोगको निर्णय चित्त नबुझेपछि ठाकुरले १५ साउनमा सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले तत्काल अन्तरिम आदेश नदिएपछि महन्थ पक्षका कानुन व्यवसायी अब नयाँ पार्टी बनाउने या उपेन्द्र यादव पक्षसँग मिल्ने दुईवटा विकल्प रहेको बताउँछन् ।

महन्थ ठाकुर र राजेन्द्र महतोले तत्काल अर्को पार्टी गठन गरेमा सांसद पद पनि गुम्न सक्ने अवस्था छ । किनकि, महन्थ पक्षले ४० प्रतिशत पुर्याएर दल विभाजन गर्ने अवस्था पनि छैन ।

उनले अर्को दल दर्ता गर्न जसपा ‘परित्याग’ गर्नुपर्ने हुन्छ । जसपा (दल) त्याग गरेको अवस्थामा उनीसहित उनको पक्षमा जाने नेताहरूको सांसद पद गुम्ने समचार राजधानी दैनिकमा प्रकाशित छ ।