७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छः अध्यक्ष ओली

जातीय विभेदको अन्त्य आरक्षणबाट होइन ज्ञान र सीपले हुन्छः अध्यक्ष ओली
अ+ अ-

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातीय विभेदको अन्त्य आरक्षणबाट नभई ज्ञान र सीपबाट मात्र हुने बताउनुभएको छ ।

एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले आज दमकमा आयोजना गरेको प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा उहाँले आरक्षणले कुनै जाति समुदायको उत्थान गर्न नसक्ने बताउनुभयो । उहाँले आरक्षणले ज्ञान, सीप र क्षमतालाई निष्क्रिय बनाउँदै समुदायका पनि एउटा निश्चित व्यक्तिले मात्र अवसर पाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, “आरक्षणले बौद्धिकता र ज्ञानमाथि अन्याय हुन्छ”, उहाँले भन्नुभयो । लामो समयदेखि उत्पीडनमा परेका जाति समुदायलाई केही समयका लागि मात्र आरक्षणको व्यवस्था गरिएकाले अब लामो समय जान नहुनेमा उहाँले जोड दिनुभयो ।

नेपालमा संविधान र कानूनमा विभेद हटेको वर्षौँ भए पनि मानिसको चेतना र व्यवहारमा हट्न अझै बाँकी रहेको उहाँको भनाइ छ । उहाँले देशमा भएको जातीय विभेदविरुद्ध सङ्गठितरूपमा एमालेले आवाज उठाउँदै आएकाले अब राज्यतहबाटै विभेद उन्मूलनको योजना अघि बढाइने बताउनुभयो ।

आजै उहाँले आज झापा क्षेत्र नं ४ सुरुङ्गा बजारमा आयोजित चुनावी सभामा मुलुकलाई राष्ट्रियता र लोकतन्त्रको निम्ति लड्न सक्ने शक्तिको खाँचो भएको बताउनुभएको छ । मुलुकमा सुसाशन कायम गर्ने, विकासलाई अगाडि बढाउने र राष्ट्रियताका लागि लड्ने सक्ने शक्ति अबको आवश्यकता भएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले यी सब गर्ने र राष्ट्रिय निर्माणको सङ्कल्प बोकेको शक्ति मुलुकमा एमालेबाहेक अरु कुनै पनि हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले विगतको ४१ महिना आफू प्रधानमन्त्री हुँदा गरेका कामको फेहरिस्त हालै पार्टीले सार्वजनिक गरिएको घोषणापत्रमा समेत उल्लेख गरेको बताउनुभयो । “एमालेले गरेका सयवटा कामका बारेमा बसेकै ठाउँबाट भन्नसक्छु”, उहाँले भन्नुभयो ।

कृषिमा प्रविधिसँगै आधुनिकरण आवश्यक
आजै झापाको शिवसताक्षी नगरपालिकाको शिवगञ्जमा आयोजित सभामा उहाँले सबैखाले विकासले मात्रै मुलुकको अवस्था बदलिने बताउनुभएको छ । उहाँले पूर्वाधार विकाससँगै आर्थिक, कृषिसँगै अन्य क्षेत्रको उन्नति भएमात्रै मुलुक समुन्नत हुने बताउनुभयो ।

अध्यक्ष ओलीले मुलुकलाई विकासशील राष्ट्रमा पु¥याउन अहिले कृषिको आधुनिकीकरण र प्रविधिको प्रयोग अनिवार्य रहेको बताउनुभयो । “प्रविधि प्रयोग किसानलाई सिकाउँदै कृषिको आधुनिकीकरण गर्दै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “कृषिलाई व्यावसायीकरण गरिए मुलुकको अर्थतन्त्र अघि बढछ ।”

उहाँले नदी नियन्त्रणसँगै कन्काई बहुउद्देश्यीय परियोजना सुरु गरिने बताउनुभयो । उहाँले बिरिङ र कन्काई नदीको तटबन्धको काम अघि बढाउने उल्लेख गर्नुभयो । देशका लागि सुदृढ राष्ट्रिय एकता आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “मुलुकको शान्ति र एकता अहिलेको आवश्यकता हो ।”