५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटकको उद्धारको बहानामा वन्यजन्तुको चोरी सिकार



अ+ अ-

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ ।

राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा परेका पर्यटकको उद्धार गर्ने बहानामा वन्यजन्तुको चोरी सिकार तथा अन्य अवैध गतिविधि सञ्चालन हुन थालेपछि सरकारले हेलिकप्टर कम्पनी र चालकलाई निगरानी गर्न थालेको हो ।

विशेष गरी सगरमाथा राष्ट्रिय निकुञ्जमा पछिल्ला दिन यस्ता खालका शङ्कास्पद घटना बाहिर आउन थालेपछि सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले हरेक पटक हेलिकप्टर चालकले प्रवेश अनुमति पत्र लिएर मात्र उडान भर्ने व्यवस्था लागूू गरेको छ । उद्धारका लागि हेलिकप्टर उडान गर्दा गृह मन्त्रालय तथा स्थानीय प्रशासनबाट अनुमति लिई रहनु नपर्ने र उडान गर्न सहज हुने भएकाले उद्धारका नाउँमा यस्ता खालका गतिविधि सञ्चालन हुने गरेका देखिएका छन् ।

कतिपय अवस्थामा स्थानीय प्रशासनबाट उडान अनुमति लिएर उडान भरेका हेलिकप्टरका गतिविधि पनि शङ्कास्पद देखिन थालेकाले नियमित अनुगमन तथा निगरानी गर्नुपर्ने भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले भने–“हेलिकप्टर आकाशमा उडान गर्ने साधन भएकाले त्यो साधनमा को मान्छे चढेका छन् ? के सामान बोकेका छन् ? भन्नेलगायतका विषयमा जाँच गर्न मुस्किल देखिएकाले हेलिकप्टरमा हुने गतिविधिमा निगरानी राख्न आवश्यक भएको हो ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।