• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   ‘राष्ट्रिय गौरवका आयोजनाका नाममा मनपरी चुरे दोहन’ ★   सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार? ★   आजको आईपीएल: प्लेअफमा पुगिसकेको हैदरावाद र पञ्जाब खेल्दै ★   विपक्षी दलहरुको बैठक: गृहमन्त्रीलाई बोल्न दिने निर्णय ★   इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा १५ जनाको मृत्यु ★   ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने ★   प्रतिनिधिसभाको बैठक अघि विपक्षी दलहरू छलफलमा ★   चाबहिलमा काठमाडौं महानगरले चलायो डोजर ★   अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै ★   प्रहरी जवानको हत्या आरोपमा छ जना पक्राउ

एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुने बताएका छन् । झापाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेले देशमा विकासको लहर ल्याएको दाबी गरेका छन् ।

अध्यक्ष ओलीले एमाले सरकारले गरेका अपूरा काम पूरा गर्न फेरि पनि मंसिर ४ पछि एमाले सरकारमा आउनै पर्ने बताए ।

उनले भने, ‘एमालेले जहाँ टेक्यो त्यहाँ विकास भएको छ । हामीले त्यो कुरा घोषणापत्रमा सबै लेखेका छौँ । मुख्य/मुख्य सबै कुरा लेखेका छौँ । सबै समेट्न सकेका छैनौँ । पृथ्वीनारायण शाहको नेतृत्वमा एकीकरण भएको होला । महेन्द्रको पालामा पूर्व-पश्चिम राजमार्ग बने होलान् । तर, आधुनिक जमानामा देखाउन लायक काम एमालेले नै गरेको छ ।’