• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
Latest
★   राजस्वको दुरुपयोग रोक्नुपर्नेमा सांसद साहको जोड ★   सुर्ती सेवनबाट दैनिक ७३ जनाको मृत्यु ! ★   मुम्बई आईपीएल प्लेअफको दौडबाट बाहिरियो, कोलकाताकोे १२ वर्षपछि वानखेडेमा जित ★   सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत लिनै कठिन, एमाले झन् रिसायो ★   डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता ★   कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आज हुरीबतासको चेतावनी ★   अमेरिकी डिभीको नतिजा आज आउँदै, कसरी हेर्ने ? ★   विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ (फोटो फिचरसहित) ★   आउँदो २०८४ साल सम्म एकीकृत समाजवादी र कलम चिन्ह रहन्छ कि रहदैन थाहा छैन: पूर्वमन्त्री… ★   भारतका प्रधान न्यायाधीश डा चन्द्रचुड नेपालमा

राजा चाल्र्समाथि अण्डा प्रहार, एक जना पक्राउ



लन्डन । योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ ।

राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिएभने भीडले “भगवान्ले राजालाई बचाऊन् नारा लगाएको थियो । राजा चाल्र्स नाराबाजीबाट प्रभावित हुनभएन बरू उहाँ ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमिरहनुभयो । राजा चाल्र्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा हुनुहुन्थ्यो ।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चाल्र्सको विरोध गरेका थिए । बेलाइतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेकाबेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् ।