६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक समयसीमाभित्र कांग्रेसको महाधिवेशन नहुने



अ+ अ-

काठमाडौं । संवैधानिक समयसीमाभित्र महाधिवेशन नहुने निश्चित भएपछि ‘पार्टीको वैधानिकता’ जोगाउने विकल्पमाथि कांग्रेस नेताहरू छलफलमा जुटेका छन्। संविधानले तोकेको ५ वर्ष र ‘विशेष परिस्थितिको ६ महिना थप’ गर्दा पनि महाधिवेशन नहुने भएपछि कांग्रेसलाई संवैधानिक संकट आइलाग्दैछ। नेताहरूले क्रियाशील सदस्यताको किचलो टुंग्याउन नसक्दा भदौ १६ देखि १९ गतेसम्म निर्धारित पार्टीको १४औं महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित छ। केन्द्रीय महाधिवेशनका लागि निर्धारित वडा, गाउँ र नगर अधिवेशन पछि धकेलेका छन्।

महाधिवेशन नहुने भएपछि कांग्रेस नेताहरू औपचारिक र अनौपचारिक रूपमा पार्टीको वैधानिकता जोगाउने विकल्पमाथि छलफलमा जुटेका छन्। कांग्रेस नेता गोपालमान श्रेष्ठले क्रियाशील सदस्यता विवादका कारण महाधिवेशन रोकिन नहुने भन्दै अरू विकल्पमा जान सकिने बताए। ‘विकल्पमै टेकेर पनि केही समय महाधिवेशन सार्न सकिन्छ,’ श्रेष्ठले भने।
पूर्व निर्धारित मितिमा महाधिवेशन सम्पन्न नहुने भएपछि कांग्रेसभित्र ३ वटा विकल्पमा छलफल भइरहेको नेताहरू बताउँछन्।

पहिलो विकल्प स् सर्वोच्च अदालतले गरेको शून्य समयको ब्याख्यामा टेकेर ४ महिना पर महाधिवेशन सार्ने। अघिल्लो वर्ष सर्वोच्च अदालतले कर तिर्नका लागि लकडाउनको ४ महिनाको अवधिलाई शून्य समय भनी ब्याख्या गरेको थियो। त्यसमै टेकेर ४ महिनालाई शून्य समय मानेर अघि बढ्न सकिनेमा नेताहरूबीच छलफल भइरहेको छ।

दोस्रो विकल्प स् प्रत्येक पार्टीका प्रादेशिक र केन्द्रीय नेतृत्व ५ वर्षमा निर्वाचित हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था छ। त्यो समयमा भएन भने विशेष परिस्थिति भन्दै थप ६ महिना महाधिवेशन पर सार्न पाइन्छ। ५ वर्ष ६ महिना कट्यो भने निर्वाचन आयोगले ५० हजार जरिवाना तिराएर थप ६ महिनाको समय दिन सक्ने भन्ने आधार रहेको कांग्रेसी नेताहरू बताउँछन्। महाधिवेशन गर्न नसकेको भन्दै ५० हजार जरिवाना तिरेर ६ महिना समय माग्ने कि भन्नेमा पनि नेताहरू लागेको एक केन्द्रीय नेताले बताए।

तेस्रो विकल्प स् भदौ २३ अगाडि वडा अधिवेशन सुरु गरेर महाधिवेशनको प्रक्रिया प्रारम्भ गर्ने। महाधिवेशनको प्रक्रिया सुरु गरिसकेको अवस्थामा बाढी–पहिरो र कोरोनालगायतका कारण देखाउँदै महाधिवेशन सम्पन्न गर्न सकेनौं भनेर पत्र पठाउने र निर्वाचन आयोगसँग समय माग्नेबारे पनि कांग्रेसबीच बहस सुरु भएको छ। यस विषयमा आयोगका पदाधिकारीसँग कांग्रेसका नेताले छलफल गरिसकेको कांग्रेसका एक शीर्ष नेताले बताए।

कांग्रेसले अघि सारेको विकल्पमाथि निर्वाचन आयोग पनि सकारात्मक देखिएको आयोग स्रोतले जानकारी दिएको छ। संविधानले तोकेको मितिमा महाधिवेशन नगरेकै कारण दल दर्ता खारेजीको व्यवस्था भने संविधानमा छैन। कांग्रेसले नियमित महाधिवेशन २०७६ साल फागुन ७ देखि १० गतेभित्र गर्ने भनेर पहिलोपटक तोकिएको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।