२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुदलीय व्यवस्था आएपछि कांग्रेस र कम्युनिष्टहरुले देशलाई बन्दक बनाए: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बहुदलीय व्यवस्था आएपछि कांग्रेस र कम्युनिष्टहरुले देशलाई बन्दक बनाएको आरोप लगाएका छन् । मेलम्चीमा आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष लिङ्देनले तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि तीनै पार्टी र नेताहरुको बन्दकमा देश परेको र अहिले पनि पुरानै अनुहार अघि आएको बताए। उनले कांग्रेस र कम्युनिष्ट पार्टीले देश अरबियनको नोकर उत्पादन थलो बनाएको टिप्पणी गरे। कांग्रेस र कम्युनिष्टले तीन दशक अर्थात् एउटा युग खेर फालेको आरोप लगाए ।

अध्यक्ष  लिङ्देनले आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने बताएका छन्।

अध्यक्ष लिङ्देनले गलत पार्टी र नेतालाई भोट दिए पुरै देश र जनताले दुख पाउँने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन आग्रह गरेको छन्। उनले भने, ‘भोट दिने भन्ने कुरा छोरी दिने कुराभन्दा ठुलो कुरा हो। तपाईंले छोरी दिनेकुरा हजारचोटी सोच्नुहुन्छ। केटाको बारेमा अनेक लगाएर खोज्नुहुन्छ। सोचेर बुझेर दिएको छोरीपनि कहिलेकाहिँ लफङ्गाको हातमा पर्छ। त्यो निर्णयले तपाईंको एउटा छोरीले मात्रै दुख पाउछ। तर, तपाईंले दिएको एउटा गलत पार्टी र नेतालाई परेमा पुरै देश र जनताले दुख पाउँछन्।’