९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन राष्ट्रियसभाबाट विशेष सेवा ऐनसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले पारित प्रधानमन्त्रीसँग फोहोर व्यवस्थापनबारे छलफल गर्ने मेयर्स फोरमको निर्णय,सांसद तामाङको ‘दुर्व्यवहार’ बारे पनि ध्यानाकर्षण गराउने गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहुदलीय व्यवस्था आएपछि कांग्रेस र कम्युनिष्टहरुले देशलाई बन्दक बनाए: राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले बहुदलीय व्यवस्था आएपछि कांग्रेस र कम्युनिष्टहरुले देशलाई बन्दक बनाएको आरोप लगाएका छन् । मेलम्चीमा आयोजित राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

अध्यक्ष लिङ्देनले तीन दशकदेखि बहुदलीय व्यवस्था आएपछि तीनै पार्टी र नेताहरुको बन्दकमा देश परेको र अहिले पनि पुरानै अनुहार अघि आएको बताए। उनले कांग्रेस र कम्युनिष्ट पार्टीले देश अरबियनको नोकर उत्पादन थलो बनाएको टिप्पणी गरे। कांग्रेस र कम्युनिष्टले तीन दशक अर्थात् एउटा युग खेर फालेको आरोप लगाए ।

अध्यक्ष  लिङ्देनले आगामी मंसिर ४ को निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रब्युबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने बताएका छन्।

अध्यक्ष लिङ्देनले गलत पार्टी र नेतालाई भोट दिए पुरै देश र जनताले दुख पाउँने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन आग्रह गरेको छन्। उनले भने, ‘भोट दिने भन्ने कुरा छोरी दिने कुराभन्दा ठुलो कुरा हो। तपाईंले छोरी दिनेकुरा हजारचोटी सोच्नुहुन्छ। केटाको बारेमा अनेक लगाएर खोज्नुहुन्छ। सोचेर बुझेर दिएको छोरीपनि कहिलेकाहिँ लफङ्गाको हातमा पर्छ। त्यो निर्णयले तपाईंको एउटा छोरीले मात्रै दुख पाउछ। तर, तपाईंले दिएको एउटा गलत पार्टी र नेतालाई परेमा पुरै देश र जनताले दुख पाउँछन्।’

 




भर्खरै