६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

छोरीको हेरचाहमा थाइल्यान्ड हिमानी, निर्मल निवासमा पारस



अ+ अ-

काठमाडौं । बेलाबेलामा विवादमा आइरहने पूर्वयुवराज पारस शाह पहिलोपटक लामो समयसम्म निर्मल निवासमा बसेका छन् ।

तीन वर्षअघि थाइल्यान्डबाट नेपाल फर्केयता कहिले कुण्डलिनी, कहिले हरिसिद्धि र बानेश्वरको थापागाउँ त कहिले पोखरा बस्ने गरेका पूर्वयुवराज पारस पछिल्लो तीन महिनादेखि निर्मल निवासमा बस्दै आएका हुन् । उनकी पत्नी पूर्वयुवराज्ञी हिमानी शाह दुई छोरीको हेरचाह गर्न थाइल्यान्ड बसेको बेलामा पूर्वयुवराज पारस निर्मल निवास बस्न थालेका हुन् ।

स्रोतका अनुसार उनकी आमा पूर्वरानी कोमल शाह पनि कोरोनामुक्त भएर डिस्चार्ज भएपछि निर्मल निवासमै बसिरहेकी छिन् । बिरामी आमाको रेखदेख गर्न भन्दै पारस पनि निर्मल निवासमै बस्न थालेको निर्मल निवास स्रोतले बताएको छ ।

आफ्ना बुबा पूर्वराजा ज्ञानेन्द्र शाहकै कारण यसअघि निर्मल निवास नबसेका पारस यसपटक भने छोरा हृदयेन्द्रसँगै आमा कोमल र बुबा ज्ञानेन्द्रसँग दिन बिताउने गरेको बताइएको समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।