८ भाद्र २०८३, सोमबार
,
Latest
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको क्रेमलिनको दावी टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित मेरिकी सांगीतिक दूत जेसिका लीन काठमाडौंमा, नेपाली संगीतकर्मीसँग व्यावसायिक आदानप्रदान प्रशासन जागिर होइन, निष्ठा र जिम्मेवारीको पुस्तान्तरण हो हुम्लाका किसानः न्यूनतम मूल्यमा स्याउ बिक्री गर्न बाध्य समाजलाई प्रविधिभन्दा नैतिकता, आचरण र इमान्दारीको खाँचो छ: राष्ट्रपति गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध पोखरा–जोमसोम हवाई उडान पुनः सुरु अरनिको राजमार्गको कोदारी खण्ड एक महिनापछि सञ्चालनमा, लिपिङमा पहिरो पन्छाउने कार्य अन्तिम चरणमा पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङ ३ (१) मा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने कांग्रेसको तयारी



अ+ अ-

विराटनगर । नेपाली कांग्रेसले मोरङ ३ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा मानबहादुर लिम्बूलाई उठाउने तयारी गरेको छ । यसअघि उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेसले लिम्बूलाई उम्मेदवार बनाउने तयारी गरेको हो ।

महाधिवेशन प्रतिनिधि रहेका लिम्बूलाई उठाउने तयारी भएको तर केन्द्रबाट चिठी आइनसकेको मोरङका कांग्रेस सचिव मोदराज घिमिरेले जानकारी दिनुभयो ।

आज उम्मेदवार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन गर्ने तयारी निर्वाचन आयोगको छ ।

प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्री समेत रहेका सो क्षेत्रका उम्मेदवार थापाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालामा बुधबार निधन भएको थियो ।