३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिद्वारा ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आइसल्याण्डमा महिला राजनीतिक नेतृत्व मञ्चद्वारा प्रदान गरिने ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ ग्रहण गर्नुभएको छ ।

विश्वका महिला राजनीतिज्ञको सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल) को कार्यक्रममा सहभागी हुन आइसल्यान्ड पुग्नुभएका राष्ट्रपति भण्डारीले मञ्चले प्रदान गरेको सो अवार्ड ग्रहण गर्नुभएको हो । उहाँलाई ‘वुमन पोलिटिकल लिडर्स्’ (डब्लुपिएल)का संस्थापक एवं अध्यक्ष सिल्भाना कोच–मेहरिनले अवार्ड प्रदान गर्नुभयो ।

राष्ट्रपति भण्डारी त्यहाँको स्थानीय समयअनुसार बुधबार मध्याह्न महिला राजनीतिक नेतृत्व मञ्चको परिषद् बैठकमा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको थियो । त्यहाँ उहाँले महिला राजनीतिक नेतृत्व मञ्चको सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुभएको थियो ।

अठार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएका राष्ट्रपति भण्डारी मङ्गलबार आइसल्यान्ड पुग्नुभएको हो । उहाँ भ्रमण सम्पन्न गरी यही कात्तिक २६ गते बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ ।