७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन

हामी मिसिन गन बोकेर मैदानमा छौँ, कुनाबाट गुलेली नचलाउनूस्ः थपलिया

हामी मिसिन गन बोकेर मैदानमा छौँ, कुनाबाट गुलेली नचलाउनूस्ः थपलिया
file
अ+ अ-

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोग तयार रहेको बताउनुभएको छ ।

बुधवार आयोगको कार्यालयमा युवाहरुसँग निर्वाचन आयोगको संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निर्वाचनलाई शान्त वातावरणमा सम्पन्न गर्न युवाहरुको साथ आवश्यक रहेको बताउनुभएको हो । उहाँले आयोग निर्वाचन स्वतन्त्र, भयरहीत, निष्पक्ष तरिकाबाट सम्पन्न गर्न निर्वाचनरुपी मिसिन गन बोकेर मैदानमा खटेको बताउनु भयो ।

उहाँले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न आग्रहसमेत गर्नुभयो । उहाँले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी लगायतका दलहरुप्रति इंगित गर्दै निर्वाचन बिथोल्नका लागि कुनाबाट अनावश्यक रुपमा गुलेली नचलाउन चेतावनी दिनुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको महाअभियानमा अब सबै सरिक भइ महासागरमा मिसिने खहरेहरुलाई पनि सँगै लैजान आवश्यक रहेको बताउनु भयो । उहाँले निर्वाचनको बिरोध गर्ने चन्द नेतृत्वका तीन राजनीतिक दलहरुप्रति लक्षित गर्दै खहरेहरु महासागरमा मिसिँदा केही धमिलो भएपनि मंसिर ४ पछि आफैँ संग्लिएर जाने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब १२ दिन बाँकी हुनु भनेको निर्वाचन व्यवस्थापनको सन्दर्भमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्नको निम्ति हामी एक किसिमले मिसिन गन बोकेर फिल्डमा उत्रिएका छौँ । अहिले हामी मैदानमा छौँ, यो निर्वाचनको मिसिन गन बोकेर । कहीँ कतै कुनाबाट गुलेली ताक्नेहरु पनि हुनसक्छन्, त्यसलाई हेर्दिने काम युवाहरुको हो । तपाईहरुले पत्ता लगाइदिनुप¥यो । अनावश्यक रुपमा गुलेली चलाएर मट्याङ्ग्राको सत्यनाश नगरिदिनुस् भनेर तपाईहरुले भनिदिनुप¥यो । केही असन्तुष्टि होलान्, चित्त नबुझेका कुरा होलान्, त्यसलाई हामीले मिलाउँदै जाने हो । तर निर्वाचनको यो महाअभियानमा अब हामी सरिक भएर जाने हो । महासागरमा खहरेहरुलाई मिसाएर जाने हो, खहरेहरु अलिकति धमिला हुन्छन्, एकछिन मिसिएपछि फेरि सफा भइहाल्छन्, ४ गतेभित्र सबैलाई सफा पार्नुपर्छ ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेपनि आयोगले भने तीन दिन अघिबाट मात्रै मदिरा बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्न आग्रह गरेको बताउनु भयो । उहाँले यसमा युवाहरुले आयोगको आग्रहलाई आम नागरिक समक्ष सचेत गराउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो पटक हामीले संसदीय समितिले १५ दिन अघिबाट नै मदिरा निषेध गर्नुपर्छ भनेको छ । तर हामीले तीन दिन अघिबाट मदिराको बिक्री वितरण लगायतको सम्पूर्ण कार्यहरु रोक्नुपर्छ भनेका छौँ । यो जायज कुरा हो । यसमा खबरदारी गर्नुहोला । सूचना भेटेमा आयोगलाई दिनुहोला ।’

प्रमुख निर्वाचन आयुक्त थपलियाले हरेक निर्वाचनमा निर्वाचित हुनेको संख्या भन्दा पराजित हुनेको संख्या ठूलो हुने भन्दै युवाहरुले पराजित भएका उम्मेदवारहरुलाई पनि अंकमाल गरेर अघि बढ्नसक्ने वातावरण समाजमा निर्माण गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले सामाजिक संघसंस्थाले मंसिर ४ गतेलाई मात्र नभइ त्यसपछिको नतिजाको परिणामलाई पनि आत्मसाथ गरेर अघि बढ्नसक्ने वातावरणको सिर्जना गर्न जरुरी रहेको बतउनु भयो । उहाँले निर्वाचन पछिको सामाजिक र राजनीतिक वातावरणलाई धमिलो हुन नदिन युवाहरुले भुमिका खेल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हरेक निर्वाचनमा निर्वाचित हुनेको संख्या भन्दा पराजित हुनेको संख्या ठूलो हुन्छ । यो निर्वाचनमा पनि त्यो संख्या ठूलो छ । अहिले हामी ४ गतेको निर्वाचनको मात्रै कुरा गरिरहेका छैनौँ । हामी सामाजिक संघसंस्थाले हेर्ने भनेको ४ गते पछिको हाम्रो समाज पनि हो । त्यसकारण तपाईहरुको प्रयत्नबाट हार्ने मान्छेले पनि जित्नेलाई स्वीकारेर बधाइ दिन सकोस् । जित्नेले पनि हार्नेलाई अंकमाल गरेर जानसक्ने वातावरण बनाउन प्रयत्न गर्नुपर्छ । हामीलाई ४ गतेको मात्रै चिन्ता छैन, ७ गते १२ गतेको पनि चिन्ता छ । यो निर्वाचन पछिको हाम्रो सामाजिक कस्तो हुन्छ ? राजनीतिक वातावरण कस्तो हुन्छ ? त्यसलाई धमिलो हुन नदिन पनि युवाहरुले आफ्नो भुमिका निर्वाह गर्नुहुनेछ ।’

कार्यक्रममा युवाहरुले निरक्षर मतादाहरुमा मतदाता शिक्षा दिन आवश्यक रहेको धारणा राखे । त्यस्तै उनीहरुले निर्वाचन केन्द्र अपाङ्गतामैत्री, वृद्धवृद्धामैत्री बनाउन र निर्वाचन केन्द्रमा अशक्तहरुको लागि मतदान गर्ने छुट्टै व्यवस्थापन गर्न जोड दिए । उनीहरुले युवाहरुलाई मतदाता शिक्षा सञ्चालन गर्न दिए मत बदर हुने सम्भावना कम हुने बताए । युवाहरुले विद्युतीय मतदान प्रणालीमा जान अत्यावश्यक भइसकेको पनि बताए ।