• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

घण्टी नबजाउन तोसिमालाई निर्वाचन आयोगको निर्देशन



काठमाडौँ । निर्वाचन आयोगले ललितपुर निर्वाचन क्षेत्र नं ३ की उम्मेदवार डा तोसिमा कार्कीलाई घण्टी बजाएर निर्वाचनको प्रचारप्रसार नगर्न निर्देशन दिएको छ ।

आयोगले घण्टी बजाएर हिँड्दा अरुलाई बाधाव्यवधान भएको भन्दै यस्तो निर्देशन दिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले निर्वाचन प्रचारप्रसार र घरदैलोका क्रममा आफ्नो दलको चिह्न घण्टी लिएर बजाउँदै हिँड्ने गरेका थिए ।

मंगलबार निर्वाचन आयोगमा आयोजित सर्वदलीय बैठकमा केही दलका प्रतिनिधिहरुले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुले घण्टी लिएर बजाउँदै चुनाव प्रचारप्रसार गरेको भन्दै त्यसले आचारसंहिताको उल्लंघन गरेको बताएका थिए ।

बैठकमा आयोगले कुनै पनि निर्देशन नदिएको तर पछि घण्टी बजाएर प्रचारप्रसार नगर्न भनेको सो राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ । यद्यपि आयोगले भने यस्तो कुनै निर्देशन नदिएको बताएको छ ।