• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत ★   नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई ★   बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल ★   बजेटमा असन्तुष्टि होइन, छलफल गरेर ल्याएको भए अझ राम्रो हुन्थ्योः ओली ★   सर्वोच्चद्वारा गृहमन्त्री लामिछानेविरूद्ध कास्की प्रहरीमा परेको जाहेरी माग ★   युएईविरुद्ध खेल्ने नेपाली फुटबल टोलीको घोषणा

कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छः प्रचण्ड



जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीको विकास आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।

यहाँको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उहाँले आगामी दिनमा आफूले यहाँको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘‘त्यो विषय मसँग पनि जोडियो । एक पटक मार्सी चामलको भात के खाएका थियौँ, निकै चर्चामा आयो । त्यसले बजारीकरणमा टेवा पुग्यो । यहाँको स्याउ, गेडागुडी, सिमी, स्याउको पनि उत्तिकै चर्चा छ । यसको उत्पादनमा वृद्धि गर्नाका साथै प्याकेजिङ र बजारीकरणमा विशेष जोड दिइने छ ।’’

यस्तै जुम्लाको सिञ्जा खस सभ्यताको उद्गमस्थल हो । यसको संरक्षण प्रवद्र्धनका लागि प्रतिष्ठान स्थापना गरी जगेर्ना गरिने अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन जुम्लाका नागरिकसँग आग्रह पनि गर्नुभयो । उहाँले आफूहरु निरङ्कुशताका विरुद्ध १२ बुँदे सम्झौताहुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रबाट प्रतिगमनविरुद्ध एकजुट भएर निर्वाचनमा होमिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले संविधानको रक्षा गर्न र विकासको अर्को चरणको सुरुआत गर्न नेपालमा निर्वाचनपछि वर्तमान गठबन्धनकै बहुमतको सरकार सञ्चालन हुने जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कर्णालीको विकास र रोजगारी सिर्जना गर्न मङ्सिर ४ पछि सङ्घीय सरकारदेखि कर्णाली प्रदेशमा पनि सत्ता गबठन्धनको सरकार सञ्चालन हुने बताउनुभयो । जुम्लाका गठबन्धन उम्मेदवारलाई जिताउन जुम्ली जनतासँग उहाँले आग्रह गर्नुभयो ।

कर्णालीको स्वास्थ्य, शिक्षा खानेपानी र यतायात क्षेत्रमा विशेष बजेटको व्यवस्था गरी प्रदेशका १० वटै जिल्लाको विकासका लागि सत्ता गठबन्धनको सरकारको आवश्यक रहेको उपसभापति खड्काले जानकारी दिनुभयो ।

अबको सरकारले कर्णालीको विकास गर्न विशेष बजेटको व्यवस्थापन गर्ने पनि उपसभापति खड्काले जानकारी दिनुभयो । माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस उपसभापति खड्काले एकै दिन जुम्ला, कालीकोट र हुम्लामा भएका चुनावी सभलाई सम्बोधन गर्नुभएको छ ।

जुम्लामा गबन्धनबाट प्रतिनिधिसभा सदस्यमा गोमा गौतम कुँवर, प्रदेश सभा (क)मा ललितजङ्ग शाही र प्रदेश ९ख० बाट नेकपा (एकीकृत समाजवादी) का पदमबहादुर रोकाया चुनावी मैदानमा हुनुहुन्छ ।

यसअघि अध्यक्ष प्रचण्डले सत्ता गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार गोमा गौतम कुँवरलार्ई मन्त्री बनाउने प्रतिबद्धता पनि सभामा व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो ‘‘गोमाजीलाई जिताएर पठाउनोस् मन्त्री बनाउने जिम्मा हाम्रो भयो ।’’