४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

नेपाली शेयर बजारको लागि मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सकारात्मक छ – विश्लेषक भट्टराई

नेपाली शेयर बजारको लागि मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सकारात्मक छ – विश्लेषक भट्टराई
अ+ अ-

काठमाडौँ । शेयरबजार विश्लेषक अनलराज भट्टराईले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा शेयर बजारको लागि सकारात्मक रहेको बताउनु भएको छ ।मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको विषयमा प्रतिक्रिया दिँदै मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा नेपाली शेयर बजारको लागि सकारात्मक रहेको बताउनु भएको हो । 

उहाँले शेयर बजारलाई मौद्रिक नीतिले कुनै पनि प्रभाव नपार्ने जिकिर गर्नु भयो । भट्टराईले अहिले दैनिक ५ देखि ६ अर्बको शेयर कारोबार भइरहेको र  प्रत्यक्ष शेयर कर्जा मात्रै ८७ अर्ब बढी पुगेको अवस्थामा शेयर कर्जा घटाएको कारण बजार बिग्रियो भन्नु समाचार मात्रै भएको टिप्पणी गर्नू भयो । सोमबार न्यज एजेन्सी नेपालसँग उहाँले पछिल्लो समय छोटो समयमा धेरै कमाउने ढङगले नियोजित रुपमा शेयर बजारमा चलखेल गर्नको लागि मौद्रिक नीतिको असर भन्ने गरिएको बताउनु भयो ।  राष्ट्र बैंकले शेयर कर्जामा ४-१२ को नीतिले लगानीकर्तालाई असर नगर्ने उहाँले बताउनु भयो । भट्टराईले लगानीकर्ता आफू सक्षम भएर समाचारको पछि लाग्न नहुने जानकारी दिनु भयो । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गर्ने काम गरेको तर ठूला लगानीकर्ताहरुले चलखेल गरेको भट्टराईले दाबी गर्नू भयो । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको विरोध गर्नु ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै भएको उहाँको भनाइ छ  ।

भट्टराईले भन्नुभयो,‘शेयर बजारलाई नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिअर्धवार्षिक समिक्षाले केही प्रभाव पारेको छैन । किनकी प्रत्यक्ष शेयर कर्जा ८७ अर्ब भइसक्यो । हाम्रो दैनिक शेयर कारोबार ५ देखि ६ अर्बको भइरहेको छ । बीचमा २० अर्बको कारोबार पनि थियो । २० अर्बको कारोबार हुने ६०-७० अर्बको कर्जा हुने । त्यसैको कारणले बिग्रियो भने ६ दिनको कारोबारले सम्पूर्ण कर्जा पुगेको छ । शेयर कर्जा घटाएको कारणले शेयर बजार बिग्रियो भन्नु त्यो समाचार मात्रै हो । यो संगठित रुपमा नियोगित हिसाबले शेयर बजारमा खेल खेल्नको लागि मौद्रिक नीतिले असर गर्दछ भनिएको हो । जम्मा १६५ तथा करिब ५ सय जना जतिले १२ करोड माथि कर्जा लिएका छन् । ४० लाख मान्छेले शेयर कर्जा नलिकन कारोबार गर्दा उसलाई कहाँ असर पर्‍यो त ? जसले बढीमा खेल खेलिरहेको छ । जसलाई बढी फाइदा लिनुछ । उनीहरुको हङगामाले गर्दा यस्तो भएको हो । लगानीकर्ता कसैलाई पनि असर परेको छैन । महिले सन् २००१ देखि शेयरमा लगानी गरेको मलाई बजार तल माथि जाँदा कहिल्यै प्यानिक नै हुनु परेको छैन । लगानीकर्ता आफू सक्षम हुनुपर्‍यो । समाचारको पछि लाग्नु हुँदैन केही फरक पर्दैन। शेयरमा लगानी गरेको ६ वर्षको अवधिमा हेर्दा बैंकमा निक्षेप राखेको भन्दा शेयरमा लगानी गरेको रकम बढी हुन्छ । राष्ट्र बैंकले ४-१२ करोडको नीतिले ५ सय जनालाई असर ठूलो पर्ने ४ करोड देखि १२ करोड भन्दा कम शेयर कर्जा लिने धेरै रहेका छन । उनीहरुलाई असर नै पर्दैन भने राष्ट्र बैंकले मौद्रिक नीति मार्फत साना लगानीकर्तालाई संरक्षण गरेको ठाउँमा ठूला लगानीकर्ताहरुले खेलेर आन्दोलन गरेका तर केही फाइदा भएन । अहिले राष्ट्र बैंकको मौद्रिक नीतिको केही असर होइन ठूला लगानीकर्ताको नाफा कमाउने तरिका मात्रै हो । कहिले काँही नाफा कमाउन शेयर घाटामा बेच्ने गर्दछन ।’

त्यस्तै भट्टराइले सरकारले छोटो तथा लामो समय कारोबार गर्ने शेयर लगानीकर्ता छुट्याउनु पर्ने बताउनु भयो । सरकारको उद्देश्य शेयर बजारलाई दीर्घकालिन लगानी ल्याउने उद्देश्य भएकाले लोमा समय शेयरमा लगानी गर्नेलाई सहुलियत र छोटो समयमा नाफाको लागि  कारोबार गर्ने लगानीकर्तालाई कर बढी लगाउनु पर्ने भट्टराइले बताउनु भयो । उहाँले यस्तो गरे मात्रै शेयर बजार स्थिर हुनसक्ने बताउनु भयो । राष्ट्र बैंकले शेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले नबनाएको भट्टराइले बताउनु भयो । उहाँले राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायीत्व बनाउने हो बैंकलाई शेयर बजार ३२ सय वा १२ सयमा आए पनि इन्डेक्ससँग मतलब राख्ने बताउनु भयो । राष्ट्र बैंकले शेयर बजारलाई प्रत्यक्ष रुपमा नियन्त्रण नमिल्ने उहाँको भनाई छ । भट्टराइले राष्ट्र बैंकको बैैंक ब्याजदर बढाउने नीतिले बजारलाई प्रभाव पार्ने बताउनु भयो । राष्ट्र बैंकले शेयर बजार तलमाथि जान्छ भनेर बैंकको ब्याजदर परिर्वतन नगर्ने राष्ट्र बैंकको नीति नभएको पनि उहाँले बताउनु भयो ।

भट्टराइले भन्नुभयो,‘सरकारले लगानीकर्तालाई छुट्याउनु पर्छ । लामो समय जसले लगानी गर्नेलाई विभिन्न बेनिफिट दिनुपर्छ । महिना दिन भित्र धेरै कारोबार गर्नेलाई धेरै कर लगाउनु पर्छ । दुईदेखि तीनवर्ष लगानी गर्नेलाई सहुलियत दिँदै जाने हो भने दिर्घकालिन लगानी ल्याउँछ । हाम्रो उद्देश्य पनि शेयर बजारलाई दिर्घकालिन लगानी ल्याउने हो । अहिले शेयर बजारमा चलखेल भएको हो । ४-१२ करोडको नीतिले धेरैलाई असर नै गदैन । दिर्घकालिन रुपमा शेयर बजारलाई हेर्दा शेयर बजारलाई आजको पाँच वर्ष, १५ वर्ष र ६ महिनामा कस्तो बनाउने गरी विभिन्न अवस्थामा विभिन्न नीति बनाउने गरिन्छ । तर नेपाल राष्ट्र बैंकले कुनै पनि हालतमा शेयर बजारको लागि बनाएको नीति बजार घटबढ होस भन्ने हिसाबले बनाउँदैन । राष्ट्र बैंकको प्रमुख उद्देश्य भनेको वित्तीय स्थायीत्व बनाउने काम गर्ने हो । शेयर बजार ३२ सय वा १२ सयमा आए पनि राष्ट्र बैंकलाई इन्डेक्ससँग मतलब हुँदैन ।  वित्तीय स्थायीत्व बनाउने र बैंकहरुले लगानी गरेको २ सय अर्ब लगानीको जोखिमबाट सजक बनाउने गरी हेर्ने हो । राष्ट्र बैंकले शेयर बजारलाई प्रत्यक्ष रुपमा नियन्त्रण गँदैन । तर केही नीतिले असर पार्छ । बैंकको ब्याजदरको कारण बजार प्रभाव पर्छ। राष्ट्र बैंकले शेयर बजार तलमाथि जान्छ भनेर बैंकको ब्याजदर परिर्वतन गर्ने होइन। राष्ट्र बैंकको नीति होइन । यो सानो विषय हो ।’

तर यता नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा धितोकर्जामा ४-१२ को सिमा लगाएर परिमार्जन नगर्नु शेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि भएको बताउनु भयो । उहाँले शेयर बजारमा ४-१२को सिमा नै राख्नु पर्ने अवस्था नभएको बताउनु भयो । पोखरेलले शेयर धितो कर्जा लिँदा नै लगानीकर्ताले धितो मार्जिन राखेर कर्जा लिने गरेको बताउनु भयो । उहाँले अहिले सरकार एउटा पार्टीको, अर्थमन्त्री अर्काे पार्टी र गभर्नर अर्को पार्टीको भएकाले शेयर बजारको लागि बन्ने नीति एक हप्ता,एक महिना तथा दिनैपिच्छे परिर्वतन हुने गरेकाले लगानीकर्ता मारमा परेको जिकिर गर्नु भयो । मौद्रिक नीतिको समिक्षामा राष्ट्र बैंकले ४-१२को सिमा हुँदा हुँदै धितो कर्जा मार्जिन परिर्वतन गर्नु नियामक निकाय र सरकारले शेयर बजारलाई कुन रुपमा हेर्छ भन्ने ज्वलन्त उदाहरण भएको टिप्पणी गर्नु भयो । बजार संधै बढाउने भन्दा पनि शेयर बजार प्रति  सरकारले ल्याउने नीति स्थिर हुनु पर्ने बताउनु भयो ।

अध्यक्ष पोखरेलले भन्नुभयो, ‘सरकार एउटा पार्टीको छ । अर्थमन्त्री एउटाको हुनुहुन्छ । गभर्नर एउटाको हुनुहुन्छ । यसरी उहाँहरुले लिने नीति छ । त्यो नीति हप्ता,महिना र दिनैपिच्छे परिर्वतन हुने नीति रहेको छ । त्यसले शेयर लगानीकर्तालाई असर गरेको छ । उसै पनि शेयर धितोकर्जामा ४-१२को सिमा लगाउनु पर्ने अवस्था थिएन । शेयर बजारमा क्याप उसै पनि लागेको छ । किनभने हामीले शेयर धितो राखेर मार्जिन कर्जा लिन्छौँ । त्यसमा पनि क्याप लागि सकेको छ ।त्यो सँगै बैंकले दिने कोर क्यापिटलको ४० प्रतिशत मात्रै शेयर बजारमा कर्जा आउँछ । राष्ट्र बैंकले धितोकर्जामा ४-१२को सिमा लगाउनु भनेको शेयर बजारलाई हेर्ने दृष्टि नै कुदृष्टि जस्तो लाग्छ । पछिल्लो नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा गरेको छ । मार्जिन हेरफेर हुने भन्ने कुरा आएको छ । यसले गर्दा नियामक निकाय र सरकार शेयर बजारलाई कुन रुपमा हेर्छ भन्ने यो नै ज्वलन्त उदाहरण हो । हामी सरकारलाई शेयर बजार बढाई देउ मात्रै पनि भन्दैनौँ । संधै बढाइ राख्नुपर्छ पनि भन्दैनौँ । यहाँ शेयर बजार प्रतिलिने नीतिहरु छन् । ती नीतिहरु स्थिर हुनु पर्‍यो । कुनै लगानीकर्ताले केहीमा लगानी गर्दा नीति हेरेर लगानी गर्ने गर्दछ। आज यो कम्पनी राम्रो छ भनेर लगानीकर्ताले लगानी गर्दा शेयर बजारको नीति रातारात परिर्वतन हुन्छ। मौद्रिक नीतिको समिक्षाले अगाडिकै नीतिले लगानीकर्ता यो अवस्थामा पुगेका छन् ।  जहाँ धितोकर्जामा ४-१२को क्याप छ । समय–समयमा बैंकको ब्याजदर उतारचढाव भइरहेको छ । अर्थमन्त्रालय र राष्ट्र बैंकले लिने नीति, नियामक निकायको गलत प्रचार , ६ महिनासम्म नियामकमा नेतृत्व बिहिन अवस्थाले बजार नकारात्मक भइरहेको छ । यस्तो अवस्थामा शेयर लगानीकर्ताको समस्या के हो भनेर बुझ्नुको सट्टा थप कडाइ गरेर नीति ल्याउँदा जटिल अवस्था बन्दै गएको छ ।

अध्यक्ष पोखरेलले शेयर बजार लगानीकर्ताको सेन्टिमेन्टले चल्ने भएकाले नियामक निकाय तथा जिम्मेवार नेतृत्वले संयमित भएर बोल्नु सुझाव दिनु भयो । उहाँले जिम्मेवार नेतृत्वले जे कुरा बोल्नुहुन्छ त्यो नै नीति बन्ने भएकाले बजारलाई असर गर्ने उहाँको भनाई छ । अध्यक्ष पोखरेलले. पछिल्लो समय मुलुकको राजनीतिक अवस्था, बजारमा तरलताको चरम अभाव, विभिन्न समयमा शेयर बजार प्रति फैल्याउने अफवाह, पछिल्लो समय एमसीसीको कारणले बजारलाई प्रत्यक्ष असर परेकाले लगानीकर्ताले निर्धक रुपमा शेयर बजारमा लगानी गर्ने अवस्था नभएको दाबी गर्नू भयो । उहाँले लगानीकर्ताको लगानी घाटामा गएको तथा नियामक नियकायको कुदृष्टिको कारण लगानीकर्ता डिप्रेसनमा पुग्न लागेको बताउनु भयो । मुलुकमा स्थानीप्य तहको चुनाब हुने कुरा आउँदा एमसीसीको काण्ड बाहिर आएकाले शेयर बजारमा बलेको आगो माथि घ्यु थप्ने काम समेत भएको अध्यक्ष पोखरेलको भनाई छ ।

अध्यक्ष पोखरेलले भन्नुभयो, ‘शेयर बजारलाई चलाउने भनेको लगानीकर्ताको सेन्टिमेन्टले हो । कुनै जिम्मेवार नेता तथा नियामक निकाले केही बोल्दा बजार किन घट्छ भनेर आरोप लागिरहेको हुन्छ । हो उहाँहरुले जे कुरा बोल्नुहुन्छ । उहाँहरुले लिने नीति पनि त्यही हो । त्यसले बजारलाई असर गर्छ । पछिल्लो ६ महिनाको बीचमा शेयर बजार धेरै उतार चढाव भएको छ । बजारलाई असर गर्ने राजनीतिक अवस्था, बजारमा तरलता अभावको समस्या, विभिन्न समयमा शेयर बजार प्रति पैल्याउने अफवाह, पछिल्लो समय एमसीसीको कारणले बजारलाई प्रत्यक्ष असर परेको छ । यस्तो अवस्थामा लगानीकर्ताले निर्धक भएर लगानी गर्ने अवस्था छैन । लगानी गर्दा फाइदा हुने हिसावले लगानी गरिएको हुन्छ तर नियामक निकायले एक्कासी नीति परिर्वतन गर्दा शेयर बजारमा आएको गिरावटले लगानी गरेको सम्पत्ती गुमेकाले अहिले लगानीकर्ताहरु एक हिसाबले डिप्रेसनमा परेको अवस्था छ । अहिले स्थिर सरकार र नीति स्थिर भएको अवस्था छैन। स्थिर सरकार भए केही हुन्छ भन्ने लगानीकर्तामा पर्ने थियो । अहिले बजारमा तरलता यति असह छ । अहिले चुनाब भए राज्यको ढुकुटीमा रहेको पैसा बजारमा आउने थियो । त्यो पनि बाहिर आउन सक्ने अवस्था छैन । चुनाब हुने कुरा आउँदा एमसीसीको काण्ड बाहिर आएको छ । यस्तो अवस्थाले शेयर बजारमा बलेको आगो माथि घ्यु थप्ने काम भएको छ । त्यस्तै बैंकमा ब्याजको पतिस्पर्धा भइरहेको छ । कुनै बैंकमा राम्रो ब्याज पाएर पैसा सुरक्षित हुन्छ भने लगानीकर्ता शेयरमा किन लगानी गर्छ । अन्य मुलुकमा शेयर बजारमा समस्या आयो भने त्यहाँको सरकारले के समस्या छ समिति बनाएर समस्या समाधान गर्ने गरेको छ । किनकी शेयर बजार अर्थतन्त्रको सुचक हो । कुनै देशको अर्थतन्त्र कस्तो छ भनेर मापन गर्ने सूचक शेयर बजार हो । सरकारले चारै तिरबाट प्रहार गर्ने हो भने बजारको सूचक एक हजार होइन २९२ मा पनि पुग्न सक्छ ।­’

अध्यक्ष पोखरेलले नियामक निकाय, अर्थमन्त्रालय तथा नेपाल राष्ट्र बैंक चारै तिरबाट शेयर बजारमा नीतिगत प्रहार गर्ने हो भने शेयर बजार सूचक एक हजार मात्रै नभएर २९२ मा पुग्न सक्ने बताउनु भयो ।  नेपाल राष्ट्र बैंकले चालू आर्थिक बर्षको मौद्रिक नीतिको अर्धबार्षिक समिक्षा गर्दै कर्जा लगानीमा थप कडाई गरेको छ । राष्ट्र बैंकले समिक्षामार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ट्रष्ट रिसिट लगायतका आयात कर्जा, व्यक्तिगत कर्जा, शेयर धितो कर्जा , जग्गा प्लटिङसम्बन्धी रियल स्टेट कर्जा, व्यक्तिगत हायर पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने नीति ल्याएको छ । मौद्रिक नीतिमा अन्तर बैंकिङ ब्याजदरलाई विद्यमान ५ प्रतिशतबाट २ प्रतिशतले थप गरी ७ प्रतिशत कायम गरिएको छ ।