५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतदातालाई चुनावी फण्डाबाट प्रभावित नहुन वरिष्ठ उपाध्यक्ष पोखरेलको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल मतदाताको घरदैलोमा व्यस्त हुनुहुन्छ ।

सोमबार बिहान पोखरेल काठमाडौं महानगरपालिका वडा नम्बर ४ का मतदाताकहाँ पुग्नुभयो ।

सो भेटमा स्थानीय मतदाताले विगतका कामहरुप्रति सन्तोष व्यक्त गर्दै पोखरेललाई बाँकी कामहरू पूरा गर्नका लागि स्मरण गराए ।

स्थानीय रामकुमार राजोपाध्याय लगायतले पोखरेललाई सुझाव दिनु भएको थियो । ‘देश विकासको एजेण्डा बोकेको पार्टी एमाले मात्रै हो । यो कुरा सबैलाई थाहा भइसकेको छ । यो कुरा युवालाई पनि बुझाउनुपर्ने आवश्यकता छ । यहाँले जितेर आएपछि युवाका लागि विशेष कार्यक्रम ल्याएर अगाडि बढ्नुहोला ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले मतदाताका सुझावलाई आफूले शिरोपर गर्दै अगाडि बढ्ने वचनबद्वता व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावका बेला अनेक पात्रहरुले सिर्जना गर्ने फण्डाबाट प्रभावित नहुन मतदातालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–‘ हामी जे हौँ जनता समक्ष खुलस्त छौँ । जनताको पक्षमा काम गर्न क्रियाशील छौँ । कुनै पनि चुनावी फण्डाबाट जनता प्रभावित हुनुहुँदैन ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले आफू मात्रै नभई एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने काम आजसम्म नगरेको र अब पनि नगर्नेमा ढुक्क हुन मतदातालाई आग्रह गर्नुभयो ।