५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना उपचार व्यवस्थापनमा के गर्दैछ सरकार ?



अ+ अ-

काठमाडौं । सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ । मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारीमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण रोकथामका लागि आइसीयु बेड संख्या तीन हजार पु(याईएको छ । यस्तै, ६ सय ३० आइसीयु बेड थप गर्ने प्रकृयामा स्वास्थ्य मन्त्रालय रहेको छ । हाल आइसीयु बेड संख्या दुइ हजार ६ सय रहेको छ ।

यस्तै, देशभरका अस्पतालमा भेन्टिलेटरको संख्या नौ सय पुर्याइएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।कृष्ण पौडेलले भेन्टिलेटरको संख्या एक सय ८० थप गर्ने प्रकृयामा रहेको बताए ।

सरकारी अस्पतालहरुमा हाइ डीपेन्डेन्सी युनिट(एच.डी.यु.) बेड संख्या दुइ हजार ७५ र नीजिमा सात सय ७८ थप गरी दुइ हजार आठ सय ५३ सञ्चालनमा ल्याइएको छ । स्वास्थ्य मन्त्रालयले एक हजार चार सय हाइडीपेन्डेन्सी युनिट वेड थप गर्ने प्रकृयामा रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। पौडेलका अनुसार बालबालीकाहरुका लागि एक सय ८० भेन्टिलेटरसहितको दुइ सय ७५ आइसीयु बेड थप्ने कार्य भइरहेको छ ।

कोभिड १९ लाई मध्येनजर गर्दै अक्सिजन आपूर्ति व्यवस्थालाई सुदृढ गर्न ६ हजार अक्सिजन सिलिण्डर थप भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।पौडेलले भने, ‘पाँच हजार पाँच सय अक्सिजन कन्सट्रेटरको व्यवस्था भइसकेको र थप तीन हजार पाँच सय आउने क्रममा रहेका छन् ।’

विगतमा प्रति हप्ता १५ मेट्रिटन अक्सिजन आपूर्ति हुने गरेकोमा हाल एक सय २० मेट्रिकटन आपूर्ति भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबै जिल्ला र १९ वटा ठुला अस्पतालहरुमा अक्सिजन प्लाण्ट थप गर्नका लागि स्रोतको सुनिश्चितता गरिएको भन्दै भदौभित्र सम्पन्न गर्ने योजना रहेको छ ।

देशभर एक हजार आठ सय स्थानमा खुला सिमा रहेका छन् । उत्तरतर्फ चीनको रसुवा गढी र तातोपानी नाका, दक्षिणमा भारतसंग जोडिएका पशुपति नगर इलामदेखि दार्चुलाको पुलघाटसम्म गरी १३ वटा तोकिएका प्रवेश विन्दुमा हेल्थ डेस्क स्थापना गरीएका छन् ।

जसअन्तर्गत् गत हप्तासम्म चार लाख २२ हजार आठ सय ५४ जनामा स्क्रीनिङ गर्दा ७७ हजार पाँच सय ४६ जनाको कोरोना परिक्षण गरीएको थियो । सो क्रममा चार हजार २० जनामा कोरोना संक्रमण देखिएको थियो । सीमा नाकामा परिक्षण गर्दा औषतमा पाँच प्रतिशतमा संक्रमणदर रहेको छ । अधिकांश सिमानाकामा हेल्थ डेस्क स्थापना गरीएको र केहि स्थानमा हेल्थ डेस्क बन्ने क्रममा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।