• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह

नेप्से परिसूचक ४३.२० अंकले वृद्धि



symbolic picture

काठमाडौँ । साताको पहिलो कारोबार दिन आईतवार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

आईतवार नेप्सेपरिसूचक ४३.२० अंक बढेर १९६५.३६ बिन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ८.०९ अंक, फ्लोट इण्डेक्स २.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ ।

कारोबारमा आएका २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता शेयर १ अर्ब ५४ करोड ८० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि बढेको छ ।

आईतवार नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक भने ०.०५ प्रतिशत घटेको छ । कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

आईतवार ४ कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा मानुषी लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त र उपकार लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

त्यस्तै,उन्नती सहकार्य लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढी बढेको छ । आईतवार नेष्डो समृद्ध लघुवित्तको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।